Nepali Section

सदैव पुज्दै आएका कुलदेवता देवी देउरीली प्रतेक शनिवार शान्ति अर्थ जल चढाउने वर पिपल । मेरा हर गर्ह सहि सलामत चलुन भन्दै गर्ह स्स्वामी सुर्य देवलाई दुर्ध अर्पि रहदा । शिवले जटामा गंगा लिए जस्तै मद भेदको भूकम्पले ज्वाला खुखी लिई कालस्त्रको रूप धारी आयोपिर्थ्वी स्पन्द गराई । मेरो सुस्म मस्तिष्कले लोड थेग्न नसक्दा रक्तसञ्चार बन्ध हुदै सुन्य तातरम भन्दा कयै गुना तलझर्दै थियो । सुस्तरी आफैबाट स्मृत वियोग हुनु  अगी प्रतिविम्ब हेर्दै मस्तिष्कमा अनेकै प्रश्नहरूले यद्ध छेदा । नयनले अनुवंश्य अर्ह खोजी रहेथो गन्तव्य भूलेको यात्री जस्तै । काँहा पुग्छ सबै चाहेको र त्रिलोकका स्वमीलाई त कमि थियो सत्य योगमा। सायद मेरै पुजा अचानमा बाँकी रहेछ घाउँ नथीक्दै अर्को थपि दिन्छ जति सियो उती फाट्छ आकशमा बादल फाटे जस्तै साथै बग्न खोज्दा पाईला अन्तै मोडी दिन्छ। मोहनी लाए जस्तै । होसमा हुदा कहिले देउगाटको टट्मा त कहिले सपना जलेको खरानीमा पाउछु। पागलले आफैमा केही खोजे जस्तै । नरकड्काल जस्तो जीन्दगीमा अर्ध कट्टी सपनाहरूको पोको फिजाउदै बालुवामा सियो खोजे जस्तै सृष्टि कर्ताको दरवारमा अर्जी पेस्दै जीन्दगीको  जीउदो दस्तावेज कोर्दै स्वप्निल संसारमा बटुवा नै सहि बाँच्नेआधाहरू  खोजी रहेछु । हो ! म साच्चै बाँच्ने आधार खोजी रहेछु ।।
More
सहयोग दया सेवा करुणा प्रेम आदर गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर। धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको धन दौलत नासिन्छन् चरित्र दिव्य शक्ति हो।।१ हिजोका ती कुरा सम्झी जिन्दगी बाँच्नु व्यर्थ छ भोलिको मात्र सोचेर हिँड्नु अझै अनर्थ छ। वर्तमान खुसी बन्दा आनन्द भोलि आउँछ आजको कर्मले मात्र जिन्दगी भोलि बन्दछ।।२ पैसा जागिर...
More
नाना वर्ण अनेक रङ्ग गुणमा देखिन्छ तिम्रो रुप सम्पत्ती धन द्रव्य अर्थ रुपयाँ पर्यायले ब्यापक ।। जोगी सन्त गरीब साधु बिधवा राजा मगन्ते सबै सम्पत्ति प्रति ज्यान दिन्छ जनले राख्दैन बाकी कसै ।।१।। पूजामा घरमा र मन्दिर कुटी दर्वारका पेटिमा पोल्टामा र कमेज कन्तुर अझै अस्कोटका खल्तिमा ।। तिम्रो बास सुवास छर्छ तकिया न्योनो बनाईकन...
More
हे मेरा सुन दाजु भाइ बहिनी दिदी र आमाहरू । हे बाबा सुन लौ यसै समयका हाम्रा अवस्थाहरु ।। भन्नै पर्छ अहो! डुभेछ अबता हाम्रा पुराना कथा। नेपाली हुँनमा छ गौरव भनी हाँसेर भन्थें म ता।।१।। मीठो लाग्छ अझै वचन् अतितका वालापनैका कुरा। आफ्नै शव्द थिए थिए सब कुरा साहित्य भाषा पूरा।। मन्का भाव सबै...
More
भाषा हो हाम्रो संस्कृति (भाषा नै हौं समयमा हामी)२  भाषाका मित्र लुकेका  छन है अनेक गुण पनि आफ्नो पन आफ्नो भाषामा (माया ममता लुकेका छन्)२  सरलता र  स्वयं आफु आफ्नै भाषामा मिल्दछन् सिक्नै पर्दछ अर्काको  (भाषालाई पनि तर)२  अर्काको भाषाले कहिलै  भन्दैन आफ्नो भूल अब   महान त हाम्रो हो जब  (दुवै सम्हाली हिँड्दछौं छौं)२ ...
More
अतित यति च्यातिएको कि, सिउनै जानिन  जिन्दगीमा सायद मैले, जिउनै जानिन । कम्जोर घर थियो तर, दरो थियो मन  भरपर्दो घरमा जिउँदा, कान तड्पिन्छ झन । खल्ती रित्तो थियो तर, उद्धार थियो मन  उद्धार मनको आज आइ, भयो चिरहन्न। आदर सम्मान गर्ने संस्कार, बचाउनै सकिन  सभ्यताको पहिरो गयो, राख्नै जानीन। वर्तमान यति भत्कियो कि, टाल्नै...
More