मेरो जिवनको व्यथा

अतित यति च्यातिएको कि, सिउनै जानिन  जिन्दगीमा सायद मैले, जिउनै जानिन । कम्जोर घर थियो तर, दरो थियो मन  भरपर्दो घरमा जिउँदा, कान तड्पिन्छ झन । खल्ती रित्तो थियो तर, उद्धार थियो मन  उद्धार मनको आज आइ, भयो चिरहन्न। आदर सम्मान गर्ने संस्कार, बचाउनै सकिन  सभ्यताको पहिरो गयो, राख्नै जानीन। वर्तमान यति भत्कियो कि, टाल्नै...

इन्दिरा दुलाल एडीलेड, अस्ट्रेलिया

अतित यति च्यातिएको कि, सिउनै जानिन 
जिन्दगीमा सायद मैले, जिउनै जानिन 
कम्जोर घर थियो तर, दरो थियो मन 
भरपर्दो घरमा जिउँदा, कान तड्पिन्छ झन 

खल्ती रित्तो थियो तर, उद्धार थियो मन 
उद्धार मनको आज आइ, भयो चिरहन्न।
आदर सम्मान गर्ने संस्कार, बचाउनै सकिन 
सभ्यताको पहिरो गयो, राख्नै जानीन।

वर्तमान यति भत्कियो कि, टाल्नै सकिएन  
जिन्दगीमा मिठा सपना, सम्हाल्नै जानिएन 
गोरेटोमा दौडिने हामी, सडकमा हिड्नै जानिएन 
सायद परिवर्तनलाई सही दिशा, दिनै सकिएन।

संस्कार हाम्रो हराउँदा, रसाउँछन् आँखा 
सम्हाल्न खोच्छु तर, लगाइन्छु पाखा।
संस्कृति हाम्रो प्राण, बुझिदेउन सखा 
अनुहार सबको नजिक, संस्कार किन टाडा।

भाषा हराउँदा पनि बन्द, हाम्रा आँखा  
सन्तान हाम्रा बिलाईसके, बुझीदेउन सखा।
अनुहर सबको नजिक, लाग्छ संस्कार टाढा 
भाषा संस्कृतिले हाम्रो, काट्न लाग्यो डाँडा। 

पुण्य फाउन्डेसनले, खोलिदिने  आँखा 
आफन्त बढाउँ यसलाई, सबै मिली शखा। 
यस्ता संस्थालाई अंगालौं, नलगाई पाखा 
भाषा-संस्कृति बाँचाउन, खोलि रहेछ आँखा । 

Leave a Reply