सदैव पुज्दै आएका कुलदेवता देवी देउरीली
प्रतेक शनिवार शान्ति अर्थ जल चढाउने वर पिपल ।
मेरा हर गर्ह सहि सलामत चलुन भन्दै गर्ह स्स्वामी सुर्य देवलाई दुर्ध अर्पि रहदा ।
शिवले जटामा गंगा लिए जस्तै मद भेदको भूकम्पले ज्वाला खुखी लिई कालस्त्रको रूप धारी आयोपिर्थ्वी स्पन्द गराई ।
मेरो सुस्म मस्तिष्कले लोड थेग्न नसक्दा रक्तसञ्चार बन्ध हुदै सुन्य तातरम भन्दा कयै गुना तलझर्दै थियो ।
सुस्तरी आफैबाट स्मृत वियोग हुनु अगी प्रतिविम्ब हेर्दै मस्तिष्कमा अनेकै प्रश्नहरूले यद्ध छेदा ।
नयनले अनुवंश्य अर्ह खोजी रहेथो
गन्तव्य भूलेको यात्री जस्तै ।
काँहा पुग्छ सबै चाहेको र त्रिलोकका स्वमीलाई त कमि थियो सत्य योगमा।
सायद मेरै पुजा अचानमा बाँकी रहेछ
घाउँ नथीक्दै अर्को थपि दिन्छ
जति सियो उती फाट्छ
आकशमा बादल फाटे जस्तै
साथै बग्न खोज्दा पाईला अन्तै मोडी दिन्छ।
मोहनी लाए जस्तै ।
होसमा हुदा कहिले देउगाटको टट्मा त कहिले सपना जलेको खरानीमा पाउछु।
पागलले आफैमा केही खोजे जस्तै ।
नरकड्काल जस्तो जीन्दगीमा अर्ध कट्टी सपनाहरूको पोको फिजाउदै बालुवामा सियो खोजे जस्तै
सृष्टि कर्ताको दरवारमा अर्जी पेस्दै
जीन्दगीको जीउदो दस्तावेज कोर्दै
स्वप्निल संसारमा बटुवा नै सहि बाँच्नेआधाहरू खोजी रहेछु ।
हो ! म साच्चै बाँच्ने आधार खोजी रहेछु ।।