Nepali Section

म एउटा  अनौठो मान्छे धेरैसंग बिचार नमिल्ने मान्छे  म बॉड्गो मान्छे अनि म अप्ठेरो मान्छे। हजुरहरुलाई लाग्न सक्ला किन यस्तो भनेर यसको जवाफ म आफैंलाई थाहा छैन हजुरहरुलाई कसरी भनौ? खै किन हो सबैले स्वर्ग भनेका ठाउमा म रमाउन सकिन अरुलाई आहा लाग्ने चिजबिजहरु मलाई फिक्का लाग्दछन  त्यसैले त लाग्छ म अनौठो मान्छे। कहिले कहि...
More
जाउ सँगै जाउँ मायाको त्यो गाउँ जुनि भरको चोखो माया मनै खोली लाउ ! फाटेछ छ मन भने, मिलि जुलि सिउता  दु:ख सुख जे जे हुन्छ हासी खुसी जिउला  हृदय  कुन्ज चुर बिच, पयारो छ यो छाया पनि, भावा मनले उरालि रहन्छ, तिमी नै हो आफनु भनि ! तिम्रै तस्बिर बसो मनमा, शिला खोप कुदेसरी !...
More
मलाई अचम्म लाग्छ  अहिलेसम्म पनि  म गरीब हुनुमा ! याद छ मलाई म जन्मिँदा मेरा बा आमा गरीबहरुमध्येका गरीब थिए ! र आज म जीवनको उत्तरार्धमा क्षितिजलाई पहेंलपुर पारी अस्ताउन लागेको घाम झैं म तेल सकिएर धिप-धिप गर्दै  निभ्न लागेको दियो झैं म  आज घरले जा जा भन्दै  शम्शानघाटले बोलाई रहेको बेला  म गरीब छु।...
More
म त्यतीबेला  बौलाए  जब मैले देखेका कलीला सपनाहरू  इस्कुसको मुन्टाझै चुड्न खोजीयो  बल्ल-तल्ल ऊक्लीन लागेको सफलताको  चुचुरो बाट धकेल्न खोजीयो मैले आफ्नै गाँस काटेर  बसालेको मेरो सानो झुपडीको  जग भत्काउन खोजीयो मुढा चिर्ने बहानामा जब मेरै बन्चरोले  मेरो घुडा खुस्काउन खोजीयो एक्लै आकाशमा ऊडीरहेको म  पीन्जडाको लोभ देखाएर  मेरो स्वतन्त्रतालाई नीमोटन खोजीयो समय संगै लम्कीरहेका ...
More
खोजीमात्र गरेर अर्थ दिनहुँ, भेट्ने गरी जिन्दगी भारीमात्र नबोक जोख दिनहुँ, बोक्ने गरी जिन्दगी खोज्छौ थाल अनेक अन्य अरूको, बाँकी रहे झैँ गरी भेट्छौमात्र फलाम छाक दिनहुँ, रोक्ने गरी जिन्दगी छाती भित्र बसेर बोल्छ सुखको, गाना सुगा नक्कले सुन्छौ मुर्ख बनेर दु:ख दिनहुँ, दुख्ने गरी हर्षले पर्दा ज्ञान अनेक मिल्छ सहजै, भन्थे परेँ खै त नी पग्ल्योमात्र जमेर भित्र दिनहुँ, बग्ने गरी जिन्दगी रात्री हुन्छ र मात्र खोल्छ सपना, पोल्ने गरी घामले ऊषा काल, सरक्क रोक्छ घरमा, चेप्ने गरी कामले सानो चोट भनेर अर्ध मनुवा, पारी तरे झैँ गरी तर्छौ पूर्ण सहेर घाउ दिनहुँ, जल्ने गरी जिन्दगी मेटी देउ उठेर भष्म गर लौ, अस्तित्वमा छन् जति इर्ष्या डाह समेत पाउ दिनहुँ, पर्ने गरी जिन्दगी जस्तै, बस्न थचक्क घाम नभले, पाउन्न केहि गरी त्यस्तै कर्म गरेर जाउ दिनहुँ, बढ्ने गरी जिन्दगी पुस्ता भिन्न बसेर सोच जगको, फेरी पुरानो पना बन्दै जाउ अनेक ज्ञान सबको, बाँढेर सद्भावना यो संसार छ सत्य जादु सरिको, सम्झे मणीका सरी पर्दा कष्ट रमेर बाँच दिनहुँ, जित्ने गरी जिन्दगी
More
पक्का हो हजुर, मत सगरमाथाको नाती नत्र तामा पत्र खोज अनि मेरो शिर पनि त हेर सधा उच्च छ। शुन्कोसीको शिरमा नुहाई हिड्ने मेरा बालाई पनि सोध मत सगरमाथाको नाती। मामाहरूको वेबहारले,वक्क भएर मामाघरमा अट्न नसकेको मात्र हो। पटक-पटक मामाहरूले दुखाएको मन कहिले चारै दिशाबाट राको बोकि आउथिए त कहिले बन्दुक र भाला बोकि आउथिए अनि थर्काउन समेत थर्काउथिए मकै पोली खाने दाउरा समेत खोसी लगिदिन्थे अनि हामी भान्जा-भान्जी कराउ थियौं चिच्चाउ थियौ तर कलाकार मामाहरू बोलेनन्। हाम्रो जुप्रोमा कलाकार मामाहरू कहिले आएनन् तर हामी त सगरमाथाको नाती थियौं गौतम बुध्दको उपदेश मान्ने जाती थियौं त्यसैले मामाहरूसंग कहिले  झगाडा गरेनौ। हामीलाई एक टुक्रा जमीन र ओत लाग्ने छानो भए हुन्थियो तर मामाहरूको विबेक पूगेन त्यो बिसाल खाली जड्गल र मैदान प्रति अनि हारा-भारा बनाउन सक्ने क्षमता भएका परिश्रमिक् भान्जा-भान्जी माथि। जन्म घर छाडेर !!! जिवानमा दुखै दुख लेख्या रहेछ तर पनि सुख मिल्ने आसमा मन भरि देश बोकेर दौडिरहेको छु कीन कि मत सगरमाथाको नाती। नत्र पशुपतिका भित्ता कुद्ने मेरा हजुरबालाई सोध मत सगरमाथाको नाती। गौतम बुध्दको उपदेश मान्ने जाती । बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो,अमेरिका
More