हे मेरा सुन दाजु भाइ बहिनी दिदी र आमाहरू । हे बाबा सुन लौ यसै समयका हाम्रा अवस्थाहरु ।। भन्नै पर्छ अहो! डुभेछ अबता हाम्रा पुराना कथा। नेपाली हुँनमा छ गौरव भनी हाँसेर भन्थें म ता।।१।। मीठो लाग्छ अझै वचन् अतितका वालापनैका कुरा। आफ्नै शव्द थिए थिए सब कुरा साहित्य भाषा पूरा।। मन्का भाव सबै मिलेर सहजै नेपालि भाषामहाँ । गर्थ्यौं व्यक्त अहो!भुलेछ अब ता डुभ्यो कहाँ हो कहाँ ।।२ ।। सङ्गीनी, कविता र वालन अरू सार्दूलविक्रीडितै । झ्याउ् रे,रोधि, गजल् र सोरठि अहो!सेलो, सवाई कठै ।। छैनन् क्यै पनि आदिकाल तिरका राम्रा पुराना कथा । भाषा संस्कृति ढल्न तत्पर भयो लाग्यो मुटूमै छुरा ।।३।। 'बाबा'शव्द भुलेर पूर्ण रूपले 'ड्याडी' पुकार्ने भयो । 'आमा' शव्द मिठो भुलेर दुनियाँ 'मम्मी'नछोड्ने भयो ।। 'मामा-भानिजनै' छ शव्द गतिलो मीठॊ वचन्मा अहो! । 'अङ्कल्'ले सकियो हरे!शिव!प्रभो!! उदेक् अचम्मै भयो ।।४।। नानीलाइ फकाउने लय थियो 'लोरी' बिरानों भयो । 'हाहाहा' अनि 'नानि लोहि चचला लैलैल' भन्ने थियो ।। 'नानी हाम्म पुई पुई'भनिने ती जो वाल भाषा गए । 'पापा माम बुबू सुपुक्क'सकिए 'आइ्लाव्यु बेबी' भए ।।५।। हज्जुर्बा र हजुर्मुमा विच अहो! ती नातिनातीनको । भाषै मिल्न सकेन हे सुजन हो बातै छ यो दु:खको ।। राम्रै बात गरेनि बालहरुले ती वृद्ध वृद्धा महाँ । के बुझ्नू र कठै!मिलेन नि कुरा के भन्नु के के कहाँ ।।६।। मन्का भाव सहज् टिपेर कविजी कोर्थे कविता पुरा । नेपाली हुनमै छ गौरव भनी लेख्थे कवीजी कुरा ।। क्या मीठो सुन भाइ वन्धुहरु हो काव्यै कला कौशला । यीनै पढ्न र लेख्न हौसल दिए नानीहरुमा भला ।।७।। आफ्नों पन् त हुँने थिएन बिलिनै आफैं बिचार् गर्दिए । पढ्नै लेख्न र बोल्न सिक्न दिनु है नाशिन्छ भाषै गए ।। तत्कालै यसको कुनै असारता पर्दैन हाँमी कन । एक्छिन् सोच बिचार् गरे शुजनले काम् लाग्छ कोही दिन ।।८।। भुल्नू हुन्न कसै कुनै बखतमा यी मातृभाषा भनी । विन्ती मात्र म गर्न यस् वखतमा खडा भएको छुनी ।। बाँकी सब् यि कुरा बिचार गरने पालो यहाँकै हुँदा । बेलैमा उपचार गर्नु बढिया आयू उमेरै हुँदा ।।९।।