सुभकामना

यदि म तिमीलाई दिन मिल्ने भए उपहारमा धेरै थान सकरात्मक सोच दिनछु, आंट दिन्छु, हौसला दिन्छु, सुभकामना दिन्छु सुख, दुख भनेको ज़िन्दगीको पाटो हो, साटो गर्न मिल्दैन, आरोह, अवरोह आउन सक्छ आफुलाई सम्माल्न सिक्नु, हारिन्छ भन्ने डरले प्र्यस गर्न नछोड्नु, कोसिस गरिरहनेहरुनै हुन सफल हुने भनेका जसरी लहरे बोडिको लहराले आफ्ना हागाहरू अगि बडाई रहन्छ...

Deepak Dhimal, Sydney, Australia

यदि म तिमीलाई दिन मिल्ने भए
उपहारमा धेरै थान सकरात्मक सोच दिनछु,
आंट दिन्छु, हौसला दिन्छु, सुभकामना दिन्छु
सुख, दुख भनेको ज़िन्दगीको पाटो हो,
साटो गर्न मिल्दैन,
आरोह, अवरोह आउन सक्छ
आफुलाई सम्माल्न सिक्नु,
हारिन्छ भन्ने डरले प्र्यस गर्न नछोड्नु,
कोसिस गरिरहनेहरुनै हुन सफल हुने भनेका
जसरी लहरे बोडिको लहराले
आफ्ना हागाहरू अगि बडाई रहन्छ
प्रयासरत रहन्छ, कहिले नथाकी,
निरन्तर अगि बडि रहन्छ,
तिम्रा प्रगतिसिल पाईलाहरु
संदै हमेशा अगि बडिरहुन
जसरि बोडिको हागामा फुल फुल्छ,
त्यस्तै तिम्रो जिवनमा पनि
समय समयामा बिभिन्न फुलहरू फुलि रहुन,
जसरि हागै पिछ्छे लामा-लामा कोसाहरु लाग्छन,
त्यस्तै तिम्रो जिवनमा पनि प्रगतिका
लामा-लामा कोसाहरु लागिरहुन
हरेक सिजनमा कलिला मुनाहरु लागे जस्तै
तिम्रा जिवनमा पनि हरपल
आसाका मुनाहरु पलाई रहुन
त्यो बोडिको लहरो
अग्ला अग्ला पर्खाल पनि पार गर्दै,
मसिना पुहालबाट पनि
अवसर खोजी छिरेर फिजारिए झै,
तिमी पनि साना तिना अनुभब
बोकि ठुलो भएर  निस्क सिक्नु
जसरी त्यो लहराले आफु नथाकि
साना ठुला लामा लामा कोसाहरु बाडि रहन्छ,
तिमी पनि ग्यानका साना,
ठुला लामा लामा कोसाहरु निस्वाथ बाडिरहनु
त्यों सानु लहरो किराले खादा पनि,
पुतलिले चुस्दा पनि कहिलै
नरिसाई हर पल बाचि रहन्हछ
हरेक सिजनै पिछे फुल फुलाई रहन्छ,
लामा लामा कोसाहरु बाडि रहन्छ
त्यस्तै तिमी पनि बिसाल रहुनु,
नथाकि यसरिनै अगि बडिरहनु,
जसरी त्यो बोडिले हजारौ चोट सहेर
अगि बडि रहेकोछ,
त्यस्तै तिमी पनि मुस्कुराउदै
हजारौ गुन, सद्भाव र प्रेम बाड्दै अगि बडि रहनु
बर्सेनी तिमी पनि त्यो बोडिले जस्तै
लामा-लामा सफलताका कोसाहरु
फलाई रहनु, मेरो सुभकामना तिमीलाई ।।

Leave a Reply