शहादत

बुद्धमनि ढकाल हाल: अमेरिका ऊ मृत्युसंग झुक्दै झुकेन ऊ समरबाट लुक्दै लुकेन कायर भएर मरेन ऊ असत्यबाट तल झरेन ऊ जित्यो लडाइँ अन्याय बिरुद्धको ऊ लड्यो छातीमा देशभक्ति शुद्ध भो शहीद हो त्यसको नाम, जो महासंग्राममा अघि हिँड्यो अभिमन्यूजस्तै वीर भएर बाँच्न, मर्न गो सालिक चाहिँदैन उसलाई सुनका अक्षर पनि इतिहास जनताको लेखिनुपर्छ देशको भूगोल...

बुद्धमनि ढकाल
हाल: अमेरिका

ऊ मृत्युसंग झुक्दै झुकेन
ऊ समरबाट लुक्दै लुकेन

कायर भएर मरेन ऊ
असत्यबाट तल झरेन ऊ
जित्यो लडाइँ अन्याय बिरुद्धको
ऊ लड्यो छातीमा देशभक्ति शुद्ध भो

शहीद हो त्यसको नाम, जो
महासंग्राममा अघि हिँड्यो
अभिमन्यूजस्तै
वीर भएर बाँच्न, मर्न गो

सालिक चाहिँदैन उसलाई
सुनका अक्षर पनि
इतिहास जनताको लेखिनुपर्छ
देशको भूगोल जनताको हुनुपर्छ
उसको अधूरो सपना
यी सन्ततीले पूरा गर्नु छ

शहादत उसैको हो
जो मृत्युसंग झुक्दै झुकेन
जो समरबाट लुक्दै लुकेन |

Related Posts
Leave a Reply