रूख

म बिज हु! ऊ मलाई भन्छ की त्यो बारीको सानो पाटो मा रोपिदेऊ। अनि नियमित रूपमा मलजल गरिदेऊ । तेस पछि म समय अनुकुल जमिन बाट अडंकुरित हुदैं कोमल, सानो हरियो सुन्दरपाऊॅंला भईदिन्छु । अनि मेरो यो सानो कोमल रूप हेरेर खुशीको अनुभुति गर्नु तिमी! म सबैपरिस्थिति को सामना गर्दै एउटा सानो बोट मा परिर्माजित भएको छु । अनि म सम्झन्छु, तिमीले  म प्रति निष्ठवान भएर गरेको सतकर्म को प्रतिफल कसरी दिने भनेर । सुर्यको तेज, बादलको अविरल बर्सा, पवन को आधि तुफान यि सबै परिस्थितिको सामना गर्दै म एकमजबूत ठूलो हरियो वृक्ष भएको छु। हो म त्यै सानो डल्लो बिज। अहिले हरियो झम्मै परेकोठुलो वृक्ष भएर हजुरलाई अथाह, अभिछिन्न, अटुट, अनबृत शितलता प्रदान गर्ने “अथक प्रयासगरिरेहको छु(२) । अव म फेरि सम्झन्छु, हजुरले म प्रति लगाउनु भएको उपकारको प्रतिफल स-विस्तार समयको वेग संगै सुन्दर फूल भएर सुभास छर्दै सारा सृष्टिलाई नै सुभासमय बनाईदिन्छु। यति ले मात्रै पुगेन् कि भनेर म फेरि फूल बाट रूपात्रित हुदै फल मा परिणित भएर हजुरको भोक मेटाईदिनेछु। तर अब म सुकेर बुढो भएको छु लाग्छ, मेरो हुर्काई संग संगै हजुर पनिबूढो असक्त अशाय भएर जाडो को आभास गरिरहनु भएको होला । चिन्ता नगर्नुहोस्, अब मस्यंमलाई जलाएर हजुरूको बुढो चाऊरी परेको शरिरलाई न्यानो रापले सेकिदिने छु । कुर्सी, टेबुल, ओछ्यान र थुप्रै चिजमा परिणित भएर हजुरको भित्री बाहिरी दुबै इच्छाहरू पुरा गर्ने हर-स्मभव प्रयास गर्नेछु अनि हजुरूले भरपुर आन्नदं लिदैं एउटा सुन्दर ठुलो झम्मै परेको हरियोवृक्षको कल्पना गर्नु। र पुन: त्यही सानो डल्लो बिजको बिजारोपण गरिदिनु । हो म त्यही सानोडल्लो बिज, अहिले  म सुकेर बुढो भएको छु।(२)

भीम गुरूग्ड तास्मानिया, अस्ट्रेलिया

म बिज हु! ऊ मलाई भन्छ की त्यो बारीको सानो पाटो मा रोपिदेऊ।
अनि नियमित रूपमा मलजल गरिदेऊ ।
तेस पछि म समय अनुकुल जमिन बाट अडंकुरित हुदैं कोमल, सानो हरियो सुन्दरपाऊॅंला भईदिन्छु ।
अनि मेरो यो सानो कोमल रूप हेरेर खुशीको अनुभुति गर्नु तिमी! म सबैपरिस्थिति को सामना गर्दै एउटा सानो बोट मा परिर्माजित भएको छु ।
अनि म सम्झन्छु, तिमीले  म प्रति निष्ठवान भएर गरेको सतकर्म को प्रतिफल कसरी दिने भनेर ।
सुर्यको तेज, बादलको अविरल बर्सा, पवन को आधि तुफान यि सबै परिस्थितिको सामना गर्दै म एकमजबूत ठूलो हरियो वृक्ष भएको छु। हो म त्यै सानो डल्लो बिज।
अहिले हरियो झम्मै परेकोठुलो वृक्ष भएर हजुरलाई अथाह, अभिछिन्न, अटुट, अनबृत शितलता प्रदान गर्ने “अथक प्रयासगरिरेहको छु(२) ।
अव म फेरि सम्झन्छु, हजुरले म प्रति लगाउनु भएको उपकारको प्रतिफल स-विस्तार समयको वेग संगै सुन्दर फूल भएर सुभास छर्दै सारा सृष्टिलाई नै सुभासमय बनाईदिन्छु।
यति ले मात्रै पुगेन् कि भनेर म फेरि फूल बाट रूपात्रित हुदै फल मा परिणित भएर हजुरको भोक मेटाईदिनेछु।
तर अब म सुकेर बुढो भएको छु
लाग्छ, मेरो हुर्काई संग संगै हजुर पनिबूढो असक्त अशाय भएर जाडो को आभास गरिरहनु भएको होला ।
चिन्ता नगर्नुहोस्, अब मस्यंमलाई जलाएर हजुरूको बुढो चाऊरी परेको शरिरलाई न्यानो रापले सेकिदिने छु ।
कुर्सी, टेबुल, ओछ्यान र थुप्रै चिजमा परिणित भएर हजुरको भित्री बाहिरी दुबै इच्छाहरू पुरा गर्ने हर-स्मभव प्रयास गर्नेछु
अनि हजुरूले भरपुर आन्नदं लिदैं एउटा सुन्दर ठुलो झम्मै परेको हरियोवृक्षको कल्पना गर्नु। र पुन: त्यही सानो डल्लो बिजको बिजारोपण गरिदिनु ।
हो म त्यही सानोडल्लो बिज, अहिले  म सुकेर बुढो भएको छु।(२)

Leave a Reply