मनोवेग

स्वरमाथि संगीतको लय छर्दै मधूर लवाजहरूको एक चर्को प्रतिध्वनि चारैतिर गुन्जिएर मनका उद्घोषहरू निन्द्राको सागरबाट विउँतिन्छन। संझन्छु ति पुराना कथाहरू पुराना पलहरू, समकालीन यादहरू औ काल्पनिक चित्रहरू मानसपटलको बार्दलिबाट ओर्लदै मनका ग्रन्थिहरूलाई घच्घच्याउदै- ठोस्दौ बिलाउछन। आफैलाई म शुन्यताको धरातलमा बिगो पाउँछु आकाशका धमिला नक्षत्रहरू, कणहरूसंग मनको आवेगलाई प्रशस्त साइनो गाँस्न पुग्छु। पूर्वजका आँकडा र शारीरिक सकस औ कसरतका कथाहरू स्वरंकित हुँदै सूर्य किरणझैं लामबद्ध किनारा लागेर मनकै सिमामा रोकिन्छन, म बेहोशीको मुद्रामा अल्मलिन्छु कतै दिग्भ्रमित झैं त कतै अर्धचेतनको रूपमा देखा पर्छु। मनलाई अगम्य अट्टहास भएझैं तिलमिलाउछ भावनाका मोतीहरू दूई कोषबाट बर्सिन्छन कोमाको बरामी बिउँझेझैं छटपटाऊँछु बिगतका तानाहरू संझन्छु तस्वीर आँखा वरिपरी नाच्न थाल्छन- दिक्क लाग्छ समयको कटु चक्रले मसंग मितेरि लाएर हो या म बसिभूत भएर हो मलाई मनले प्रश्न तेर्स्याएर बिथोल्छ जिज्ञासाले पिरोल्छ म मलिनआभाषका किरणहरू बटुलेर माला गुथ्न चाहान्छु, मनले असफलताको दियो जलाउछ म समर्पणको भाषा बोल्छु मनले मसालको दियालो सल्काउछ संवेगले साजेदारिको जाल हान्छ मनको पोखरीमा सपनाझैं भान हुन्छ आफैलाई सम्हाने असफल चेष्टा गर्छु अर्धशिल्लिझैं म हुन्छु शुन्यताको पुल्ठो जलाएर अन्धकारको अरक्षित यात्रामा तल्लिन रहन्छु। बिसमताको खडेरिमा अन्तर्द्वन्द्वको वर्षा गराउदै म निरन्तरताको संगालो खोज्छु म एकनासले संझन्छु संगम भेटिएला म र मेरो अरक्षित यात्राको- आशा जगाउछु एकलासको बस्तिझैं सुनसान- सुनसान निस्पट्ट अन्धकारको पर्दा जस्तै मनको बादल दोखी त्रसित मुद्रामा झसकिन्छु हतासमा दगुर्छु पुरातन दृष्टान्तका तक्षण वाणहरू एक पछि अर्को गर्दै मनको बाँद तोडछन म संन्यासको बाटो रोज्छु शितलता खोज्ने धरातलको आयाम खोदल्छु आदर्शका पाना पल्टाउछु मन र विबेकको म दुई किनारामा बाँडिन्छु न म अर्थको हुन्छु न मुल्यको नै। प्राकृतिक छटासंग प्रफुल्लता सापटि मागेर केहि क्षण रमाउछु, फेरि संयम्ता अप्नाउछु दुई किनारा लागेका अभयबहरूलाई एकै आयातन भित्र समेटेर सैद्धान्तिक प्रयोग गर्छु, सिद्धान्तको आडमा सिमांकनको स्वरूप दिँदै पुरानो पानामा नयाँ रंग पोतेर नयाँ बनाउन हो या त नयाँ पानाको ढाँचा परिवर्तन हुनुपर्ने एक कोष पारि आशाको मलिन ज्वती प्रज्वलित दौडमा सरिक भएझै भान हुन्छु। विस्तारताको आघोस निम्त्याएर विधिको सिधा परिचय उल्ंघन हो या त नहुनुको आक्रोश माथि कसिलो प्रहार मात्र हो पुरानो पानामा नयाँ रंगको अर्थ, नयाँ रंगको पुरानो परिभाषा नहुनसक्छ तर पुरानो रंगको परिध अलग्गै नापन हुन्छु सायद लेखाको विविधता र भौतिक्ताको नूतन खोज संस्कृतिको परिमार्जित सिद्धान्त हुनुपर्छ मनले अपवाद डेर्याएर पन्छिन लागछ विबेक ज्वोतीको खोजीमा तल्लिन हुन्छ म अन्योलको भूमरीमा रूमलिन्छु।

डंमर घिमिरे  पारालाउई, दक्षिण अष्ट्रेलिया

स्वरमाथि संगीतको लय छर्दै
मधूर लवाजहरूको एक चर्को
प्रतिध्वनि चारैतिर गुन्जिएर
मनका उद्घोषहरू निन्द्राको सागरबाट विउँतिन्छन।
संझन्छु ति पुराना कथाहरू
पुराना पलहरू, समकालीन यादहरू औ काल्पनिक चित्रहरू
मानसपटलको बार्दलिबाट
ओर्लदै मनका ग्रन्थिहरूलाई घच्घच्याउदै- ठोस्दौ बिलाउछन।
आफैलाई म शुन्यताको धरातलमा बिगो पाउँछु
आकाशका धमिला नक्षत्रहरू, कणहरूसंग मनको आवेगलाई प्रशस्त साइनो गाँस्न पुग्छु।
पूर्वजका आँकडा र शारीरिक सकस औ कसरतका कथाहरू स्वरंकित हुँदै
सूर्य किरणझैं लामबद्ध किनारा लागेर मनकै सिमामा रोकिन्छन, म बेहोशीको मुद्रामा अल्मलिन्छु
कतै दिग्भ्रमित झैं त कतै अर्धचेतनको रूपमा देखा पर्छु।
मनलाई अगम्य अट्टहास भएझैं तिलमिलाउछ भावनाका मोतीहरू दूई कोषबाट बर्सिन्छन
कोमाको बरामी बिउँझेझैं छटपटाऊँछु
बिगतका तानाहरू संझन्छु तस्वीर आँखा वरिपरी नाच्न थाल्छन- दिक्क लाग्छ
समयको कटु चक्रले मसंग मितेरि लाएर हो या म बसिभूत भएर हो मलाई मनले प्रश्न तेर्स्याएर बिथोल्छ जिज्ञासाले पिरोल्छ म मलिनआभाषका किरणहरू बटुलेर माला गुथ्न चाहान्छु,
मनले असफलताको दियो जलाउछ
म समर्पणको भाषा बोल्छु मनले मसालको दियालो सल्काउछ
संवेगले साजेदारिको जाल हान्छ मनको पोखरीमा
सपनाझैं भान हुन्छ आफैलाई सम्हाने असफल चेष्टा गर्छु
अर्धशिल्लिझैं म हुन्छु
शुन्यताको पुल्ठो जलाएर अन्धकारको अरक्षित यात्रामा तल्लिन रहन्छु।
बिसमताको खडेरिमा अन्तर्द्वन्द्वको वर्षा गराउदै म निरन्तरताको संगालो खोज्छु
म एकनासले संझन्छु संगम भेटिएला
म र मेरो अरक्षित यात्राको- आशा जगाउछु
एकलासको बस्तिझैं सुनसान- सुनसान निस्पट्ट अन्धकारको पर्दा जस्तै मनको बादल दोखी त्रसित मुद्रामा झसकिन्छु
हतासमा दगुर्छु
पुरातन दृष्टान्तका तक्षण वाणहरू एक पछि अर्को गर्दै मनको बाँद तोडछन
म संन्यासको बाटो रोज्छु शितलता खोज्ने
धरातलको आयाम खोदल्छु
आदर्शका पाना पल्टाउछु
मन र विबेकको म दुई किनारामा बाँडिन्छु
न म अर्थको हुन्छु न मुल्यको नै।
प्राकृतिक छटासंग प्रफुल्लता सापटि मागेर
केहि क्षण रमाउछु, फेरि संयम्ता अप्नाउछु
दुई किनारा लागेका अभयबहरूलाई एकै आयातन भित्र
समेटेर सैद्धान्तिक प्रयोग गर्छु,
सिद्धान्तको आडमा सिमांकनको स्वरूप दिँदै
पुरानो पानामा नयाँ रंग पोतेर नयाँ बनाउन हो या त नयाँ
पानाको ढाँचा परिवर्तन हुनुपर्ने एक कोष पारि
आशाको मलिन ज्वती प्रज्वलित दौडमा सरिक भएझै
भान हुन्छु।
विस्तारताको आघोस निम्त्याएर विधिको सिधा परिचय
उल्ंघन हो या त नहुनुको आक्रोश माथि कसिलो प्रहार मात्र हो पुरानो पानामा नयाँ रंगको अर्थ,
नयाँ रंगको पुरानो परिभाषा नहुनसक्छ
तर पुरानो रंगको परिध अलग्गै नापन हुन्छु
सायद लेखाको विविधता र भौतिक्ताको नूतन खोज
संस्कृतिको परिमार्जित सिद्धान्त हुनुपर्छ
मनले अपवाद डेर्याएर पन्छिन लागछ
विबेक ज्वोतीको खोजीमा तल्लिन हुन्छ
म अन्योलको भूमरीमा रूमलिन्छु।

Leave a Reply