काकली 

कराउँदै छ काकली कहाँ छ भित्र न्याँउली ।। छ पिंजडा म भित्रको सुगा-कथा विचित्रको।। उठाउँदै छ धाउँदै जगाउँदै छ भ्याउँदै ।। सगाउँदै छ कोयली सुगा सँगै छ काकली ।। कहाँ घना बनादिमा उदास बन्द ह्रासमा। कराउँदै छ आसमा नजा चरी निरासमा।। पलाँस झैँ छ रोसनी गुराँस विम्ब आगनी। बजाउँदै छ बाँसुरी छ देश प्रेम माधुरी।।...

कराउँदै छ काकली
कहाँ छ भित्र न्याँउली ।।
छ पिंजडा म भित्रको
सुगा-कथा विचित्रको।।

उठाउँदै छ धाउँदै
जगाउँदै छ भ्याउँदै ।।
सगाउँदै छ कोयली
सुगा सँगै छ काकली ।।

कहाँ घना बनादिमा
उदास बन्द ह्रासमा।
कराउँदै छ आसमा
नजा चरी निरासमा।।

पलाँस झैँ छ रोसनी
गुराँस विम्ब आगनी।
बजाउँदै छ बाँसुरी
छ देश प्रेम माधुरी।।

प्रियंवदा वतासमा
छ दौडिँदै हतासमा
छ जाल खेल तालमा
छ अस्रु यो सवालमा ।।

भानु ढुंगाना
Canada

Leave a Reply