स्वरमाथि संगीतको लय छर्दै मधूर लवाजहरूको एक चर्को प्रतिध्वनि चारैतिर गुन्जिएर मनका उद्घोषहरू निन्द्राको सागरबाट विउँतिन्छन। संझन्छु ति पुराना कथाहरू पुराना पलहरू, समकालीन यादहरू औ काल्पनिक चित्रहरू मानसपटलको बार्दलिबाट ओर्लदै मनका ग्रन्थिहरूलाई घच्घच्याउदै- ठोस्दौ बिलाउछन। आफैलाई म शुन्यताको धरातलमा बिगो पाउँछु आकाशका धमिला नक्षत्रहरू, कणहरूसंग मनको आवेगलाई प्रशस्त साइनो गाँस्न पुग्छु। पूर्वजका आँकडा र शारीरिक सकस औ कसरतका कथाहरू स्वरंकित हुँदै सूर्य किरणझैं लामबद्ध किनारा लागेर मनकै सिमामा रोकिन्छन, म बेहोशीको मुद्रामा अल्मलिन्छु कतै दिग्भ्रमित झैं त कतै अर्धचेतनको रूपमा देखा पर्छु। मनलाई अगम्य अट्टहास भएझैं तिलमिलाउछ भावनाका मोतीहरू दूई कोषबाट बर्सिन्छन कोमाको बरामी बिउँझेझैं छटपटाऊँछु बिगतका तानाहरू संझन्छु तस्वीर आँखा वरिपरी नाच्न थाल्छन- दिक्क लाग्छ समयको कटु चक्रले मसंग मितेरि लाएर हो या म बसिभूत भएर हो मलाई मनले प्रश्न तेर्स्याएर बिथोल्छ जिज्ञासाले पिरोल्छ म मलिनआभाषका किरणहरू बटुलेर माला गुथ्न चाहान्छु, मनले असफलताको दियो जलाउछ म समर्पणको भाषा बोल्छु मनले मसालको दियालो सल्काउछ संवेगले साजेदारिको जाल हान्छ मनको पोखरीमा सपनाझैं भान हुन्छ आफैलाई सम्हाने असफल चेष्टा गर्छु अर्धशिल्लिझैं म हुन्छु शुन्यताको पुल्ठो जलाएर अन्धकारको अरक्षित यात्रामा तल्लिन रहन्छु। बिसमताको खडेरिमा अन्तर्द्वन्द्वको वर्षा गराउदै म निरन्तरताको संगालो खोज्छु म एकनासले संझन्छु संगम भेटिएला म र मेरो अरक्षित यात्राको- आशा जगाउछु एकलासको बस्तिझैं सुनसान- सुनसान निस्पट्ट अन्धकारको पर्दा जस्तै मनको बादल दोखी त्रसित मुद्रामा झसकिन्छु हतासमा दगुर्छु पुरातन दृष्टान्तका तक्षण वाणहरू एक पछि अर्को गर्दै मनको बाँद तोडछन म संन्यासको बाटो रोज्छु शितलता खोज्ने धरातलको आयाम खोदल्छु आदर्शका पाना पल्टाउछु मन र विबेकको म दुई किनारामा बाँडिन्छु न म अर्थको हुन्छु न मुल्यको नै। प्राकृतिक छटासंग प्रफुल्लता सापटि मागेर केहि क्षण रमाउछु, फेरि संयम्ता अप्नाउछु दुई किनारा लागेका अभयबहरूलाई एकै आयातन भित्र समेटेर सैद्धान्तिक प्रयोग गर्छु, सिद्धान्तको आडमा सिमांकनको स्वरूप दिँदै पुरानो पानामा नयाँ रंग पोतेर नयाँ बनाउन हो या त नयाँ पानाको ढाँचा परिवर्तन हुनुपर्ने एक कोष पारि आशाको मलिन ज्वती प्रज्वलित दौडमा सरिक भएझै भान हुन्छु। विस्तारताको आघोस निम्त्याएर विधिको सिधा परिचय उल्ंघन हो या त नहुनुको आक्रोश माथि कसिलो प्रहार मात्र हो पुरानो पानामा नयाँ रंगको अर्थ, नयाँ रंगको पुरानो परिभाषा नहुनसक्छ तर पुरानो रंगको परिध अलग्गै नापन हुन्छु सायद लेखाको विविधता र भौतिक्ताको नूतन खोज संस्कृतिको परिमार्जित सिद्धान्त हुनुपर्छ मनले अपवाद डेर्याएर पन्छिन लागछ विबेक ज्वोतीको खोजीमा तल्लिन हुन्छ म अन्योलको भूमरीमा रूमलिन्छु।
कराउँदै छ काकली कहाँ छ भित्र न्याँउली ।। छ पिंजडा म भित्रको सुगा-कथा विचित्रको।। उठाउँदै छ धाउँदै जगाउँदै छ भ्याउँदै ।। सगाउँदै छ कोयली सुगा सँगै छ काकली ।। कहाँ घना बनादिमा उदास बन्द ह्रासमा। कराउँदै छ आसमा नजा चरी निरासमा।। पलाँस झैँ छ रोसनी गुराँस विम्ब आगनी। बजाउँदै छ बाँसुरी छ देश प्रेम माधुरी।।...
वैरी शत्रु जितिन्छ आयस वाहन रत्नादि लाभै हुने पत्नी पुत्र सबै खुशी वरिपरी ति मङ्गला गर्दिने। पार्ला आकुल रोग शोक परिक्यै आफन्तमा वैरता पैला कष्ट दिनेर अन्त्यछ शुभो ति पिंगलाको दशा। धनको बृद्धि हुनेछ मान्य सबमा ऐश्वर्यनै भोग्छन् संग्राम्माजय धातु बृद्धि धनको उत्सव खुशी पार्दछन्। घर छाडेर विदेश जानु झगडा रोगलाग्ला भंगै किता लाग्ला व्याधि...
म बिज हु! ऊ मलाई भन्छ की त्यो बारीको सानो पाटो मा रोपिदेऊ। अनि नियमित रूपमा मलजल गरिदेऊ । तेस पछि म समय अनुकुल जमिन बाट अडंकुरित हुदैं कोमल, सानो हरियो सुन्दरपाऊॅंला भईदिन्छु । अनि मेरो यो सानो कोमल रूप हेरेर खुशीको अनुभुति गर्नु तिमी! म सबैपरिस्थिति को सामना गर्दै एउटा सानो बोट मा परिर्माजित भएको छु । अनि म सम्झन्छु, तिमीले म प्रति निष्ठवान भएर गरेको सतकर्म को प्रतिफल कसरी दिने भनेर । सुर्यको तेज, बादलको अविरल बर्सा, पवन को आधि तुफान यि सबै परिस्थितिको सामना गर्दै म एकमजबूत ठूलो हरियो वृक्ष भएको छु। हो म त्यै सानो डल्लो बिज। अहिले हरियो झम्मै परेकोठुलो वृक्ष भएर हजुरलाई अथाह, अभिछिन्न, अटुट, अनबृत शितलता प्रदान गर्ने “अथक प्रयासगरिरेहको छु(२) । अव म फेरि सम्झन्छु, हजुरले म प्रति लगाउनु भएको उपकारको प्रतिफल स-विस्तार समयको वेग संगै सुन्दर फूल भएर सुभास छर्दै सारा सृष्टिलाई नै सुभासमय बनाईदिन्छु। यति ले मात्रै पुगेन् कि भनेर म फेरि फूल बाट रूपात्रित हुदै फल मा परिणित भएर हजुरको भोक मेटाईदिनेछु। तर अब म सुकेर बुढो भएको छु लाग्छ, मेरो हुर्काई संग संगै हजुर पनिबूढो असक्त अशाय भएर जाडो को आभास गरिरहनु भएको होला । चिन्ता नगर्नुहोस्, अब मस्यंमलाई जलाएर हजुरूको बुढो चाऊरी परेको शरिरलाई न्यानो रापले सेकिदिने छु । कुर्सी, टेबुल, ओछ्यान र थुप्रै चिजमा परिणित भएर हजुरको भित्री बाहिरी दुबै इच्छाहरू पुरा गर्ने हर-स्मभव प्रयास गर्नेछु अनि हजुरूले भरपुर आन्नदं लिदैं एउटा सुन्दर ठुलो झम्मै परेको हरियोवृक्षको कल्पना गर्नु। र पुन: त्यही सानो डल्लो बिजको बिजारोपण गरिदिनु । हो म त्यही सानोडल्लो बिज, अहिले म सुकेर बुढो भएको छु।(२)
यदि म तिमीलाई दिन मिल्ने भए उपहारमा धेरै थान सकरात्मक सोच दिनछु, आंट दिन्छु, हौसला दिन्छु, सुभकामना दिन्छु सुख, दुख भनेको ज़िन्दगीको पाटो हो, साटो गर्न मिल्दैन, आरोह, अवरोह आउन सक्छ आफुलाई सम्माल्न सिक्नु, हारिन्छ भन्ने डरले प्र्यस गर्न नछोड्नु, कोसिस गरिरहनेहरुनै हुन सफल हुने भनेका जसरी लहरे बोडिको लहराले आफ्ना हागाहरू अगि बडाई रहन्छ...
जन्मभूमि जननी हौ भूटानकी माता, सन्ततिको दुख व्यथा यस्तै छ लौ कथा। अब तिम्रो मुहारको होला दर्शन कहिले काखमा बसी रमाउथे खुसी हुँदै पहिले। दुइ हजार छयालीस असोजको महिना भयो धेरै हलचल सुरु यसै महिना। अंग्रेजीमा उन्नाइस उनानब्बे महा सत्य सारा गुम्न गयो सबै जनमा। न्याय बिहिन भयो जन अन्धकार छायो भुटानले देश त्याग्न बाध्यता...