पक्का हो हजुर,
मत सगरमाथाको नाती
नत्र तामा पत्र खोज
अनि मेरो शिर पनि त हेर
सधा उच्च छ।
शुन्कोसीको शिरमा नुहाई हिड्ने
मेरा बालाई पनि सोध
मत सगरमाथाको नाती।
मामाहरूको वेबहारले,वक्क भएर
मामाघरमा अट्न नसकेको मात्र हो।
पटक-पटक मामाहरूले दुखाएको मन
कहिले चारै दिशाबाट राको बोकि आउथिए
त कहिले बन्दुक र भाला बोकि आउथिए
अनि थर्काउन समेत थर्काउथिए
मकै पोली खाने दाउरा समेत खोसी लगिदिन्थे
अनि हामी भान्जा-भान्जी कराउ थियौं
चिच्चाउ थियौ तर कलाकार मामाहरू बोलेनन्।
हाम्रो जुप्रोमा कलाकार मामाहरू कहिले आएनन्
तर हामी त सगरमाथाको नाती थियौं
गौतम बुध्दको उपदेश मान्ने जाती थियौं
त्यसैले मामाहरूसंग कहिले झगाडा गरेनौ।
हामीलाई एक टुक्रा जमीन र ओत लाग्ने
छानो भए हुन्थियो तर मामाहरूको विबेक पूगेन
त्यो बिसाल खाली जड्गल र मैदान प्रति
अनि हारा-भारा बनाउन सक्ने क्षमता भएका
परिश्रमिक् भान्जा-भान्जी माथि।
जन्म घर छाडेर !!!
जिवानमा दुखै दुख लेख्या रहेछ
तर पनि सुख मिल्ने आसमा मन भरि
देश बोकेर दौडिरहेको छु
कीन कि मत सगरमाथाको नाती।
नत्र पशुपतिका भित्ता कुद्ने मेरा हजुरबालाई सोध
मत सगरमाथाको नाती।
गौतम बुध्दको उपदेश मान्ने जाती ।
बि.बि. पौडेल (भूटानी)
सिन्सिनाटी ओहायो,अमेरिका