शहीदफूल

डोम एन् काफ्ले एडिलेड प्रत्येक वर्ष धान्चम्बर , काइयो र उनिउँहरुमा फोस्रो नयाँ वर्षले नफेरी तिनै पुराना यादहरु दोहोएर लिएर आउँदा भन्छिन् तिम्री अर्धाङ्गिनी – उसले सपना बोकेर गएको छ । प्रत्येक वर्ष चाडपर्व आउँदा , गाउँबस्तिमा रौनक छाउँदा भित्ताको तिम्रो तस्बिरलाई सोध्छन् तिम्रा भोका सन्तान, सोध्छन् तिम्रा नाङ्गा शुभचिन्तक, सोध्छन् तिम्रा शिष्यहरु, अब हामीलाई...

डोम एन् काफ्ले
एडिलेड

प्रत्येक वर्ष
धान्चम्बर , काइयो र उनिउँहरुमा
फोस्रो नयाँ वर्षले नफेरी तिनै पुराना यादहरु
दोहोएर लिएर आउँदा
भन्छिन् तिम्री अर्धाङ्गिनी –
उसले सपना बोकेर गएको छ ।

प्रत्येक वर्ष चाडपर्व आउँदा ,
गाउँबस्तिमा रौनक छाउँदा
भित्ताको तिम्रो तस्बिरलाई
सोध्छन् तिम्रा भोका सन्तान,
सोध्छन् तिम्रा नाङ्गा शुभचिन्तक,
सोध्छन् तिम्रा शिष्यहरु,
अब हामीलाई मने मर्‍यो
गीत कसले सिकाउँछ?
अब हामीलाई अमर भूटान
गीत कसले सिकाउँछ?

कुशासन र दमनको निश्पट्टताभित्र
भयभित र दमितहरु,
जीवित मृत ती अवाक निर्बलहरु,
अब बोल्दैछन् तिम्रो अटलताबारे
आस्था र सपना बारे।

त्यसैले ,
रगत लत्पतिएको तिम्रो आँगनमा
स्वाभिमानको
गर्वरेखा खोपिदिन्छु
‘अमर’ नाम रोपिदिन्छु।

एक मुठ्ठी श्वास रोपी देश उम्मार्ने,
सबैका मनमा नबिझाइ फुल्ने,
ए सपूतहरु हो,
आओ तिम्रो नाम म फेरिदिन्छु
शहीदफूल ……………

Leave a Reply

Archives