वैरी शत्रु जितिन्छ आयस वाहन रत्नादि लाभै हुने पत्नी पुत्र सबै खुशी वरिपरी ति मङ्गला गर्दिने। पार्ला आकुल रोग शोक परिक्यै आफन्तमा वैरता पैला कष्ट दिनेर अन्त्यछ शुभो ति पिंगलाको दशा। धनको बृद्धि हुनेछ मान्य सबमा ऐश्वर्यनै भोग्छन् संग्राम्माजय धातु बृद्धि धनको उत्सव खुशी पार्दछन्। घर छाडेर विदेश जानु झगडा रोगलाग्ला भंगै किता लाग्ला व्याधि र ऋण कोपनृपको त्यो भ्रामरी देखिता। धनको बृद्धि प्रकाश हुन्छ गुणको राजमान होला अनि ऐश्वर्य परि पुर्ण कार्यत सफल ति भद्रिका देखिता। पार्ला आपसमा विवाद झगड़ा घर पत्नी देखि पर धनले हिन ज्वरादी रिस अभियो लाग्नेछ उल्का तर। राजाबाट त सौख्य मिल्छ धन धरे ऐश्वर्य बृद्धि हुने विद्या पत्नी र पुत्र लाभ अघिकै सिद्ध गराई दिने। रिसले आपसमा विरोध पशु धन गर्नेछ धेरै खति घरमा वास नभई छ कष्ट कि त रोग त्यो शंकट उग्रनी। पार्ला आपसमा विरोध झगड़ा जानेछ देशान्तर लाग्ला रोग कि खर्च गर्दछ अधिक हुनेछ चोरको डर। पालो चन्द्रजी को त लाभ बहुतै मिल्ला कि धन वाहन भृंगार शोभित मान्य भोजन मिठो बल बृद्धि आँफूकन। लाग्ला चोट र शस्त्र अग्नि भय त्यो कि रोग लाग्ला अनि बन्धन पर्छ कि मर्छ काँहि झगड़ा बकवात क्यै लागने। चिन्ता बड्दछ हुन्छ बान्धव विरोध बिग्रन्छ आँफै मति लाग्ला रोग र हानी गर्छ पशु धन उल्टाछ यस्को गति। धनमान बड्दछ हुन्छ जागिर बिवाह जन्मन्छन छोरा कित होला चित्त प्रशन्न धर्म तिर मन लाग्ला गुरू देखित। आपस्मा झगड़ा हुनेछ घरमा बकवात चोरको डर बन्धन पर्दछ बुद्धि हिन असफल रोग लाग्छ भन्ने डर। नाना सौख्य र धान्य रत्न मणि लाभ आनन्द मन निडर बडला मान र प्राप्ति लक्ष्मीजी हुने यस्तोछ यस्को लय। पत्नी पुत्र छुटेर बस्नु पर्ने दु:ख हुन्छ धेरै कित रोग लाग्ला धन हानी हुन्छ झगड़ा जालान विदेशमा तिता। आराम हुन्छ शरीर बृद्धि धनको रत्नादि धेरै हुने आयु बृद्धि र पुत्र पौत्र घरमा धनको हुन शुक्र बाटै दिने। नारद कट्टेल न्यु जिल्याण्ड