म एउटा अनौठो मान्छे धेरैसंग बिचार नमिल्ने मान्छे म बॉड्गो मान्छे अनि म अप्ठेरो मान्छे। हजुरहरुलाई लाग्न सक्ला किन यस्तो भनेर यसको जवाफ म आफैंलाई थाहा छैन हजुरहरुलाई कसरी भनौ? खै किन हो सबैले स्वर्ग भनेका ठाउमा म रमाउन सकिन अरुलाई आहा लाग्ने चिजबिजहरु मलाई फिक्का लाग्दछन त्यसैले त लाग्छ म अनौठो मान्छे। कहिले कहि मेरा दौतरीहरुसंग भेट हुन्छ कुरा कानी हुन्छ देशको चर्चा हुन्छ तर मेरा साथीहरु गिट्ठा खानु भन्दा त यहि बेस्ट भन्दछन्। मेरो यिनै कुराहरुमा मन मिल्दैन किनकि मलाई पाउरोटी भन्दा गिट्ठा भ्याकुर नै सय गुणा उत्तम लाग्दछ त्यसैले त म बांगो मान्छे। यस्तो बिकसित मुलुक छस घर छ गाडी छ आहा कति भाग्यमानी? उता भएको भा यस्तो ऐस काहा पाउथिस र? सबैले मलाई यस्तै प्रस्नहरु तेर्स्याउछन। म निशब्द हुन्छु यि प्रस्नहरुको उत्तर कसरी दिउ? कोहि बुझ्न तैयार नै छैनन् या बुझेर पनि नबुझे झै गरेका हुन। मलाई यो बनावटी रमझम पटक्कै मन पर्दैन झक्झकाहट पराई आमा देखेर म कसरी खुसी हुन सक्छु र? मलाई त निन्याउरी झुत्री मेरी आमा नै प्यारो लाग्छ त्यसैले धेरै मानीसहरुसंग मेरो बिचार मिल्दैन!! म बाक्लो ढसनामा होइन थोत्रे राडीमा मिठो निदाउन सक्छु बनाटी खुसीमा होईन म भित्रको दुखमा रमाउन सक्छु म अर्काले फुलाएको फुलबारीमा रमाउन सक्दिन मलाई त आफै माली बनेर आफ्नै बारीमा फूल फुलाउन मन पर्छ। त्यसैले त भनेको म बांगो मान्छे म अप्ठेरो मान्छे धेरै संग मन नमिल्ने मान्छे म बेग्लै मान्छे ।