बिस जुन

यो २० जुनले मेरो घाउ सम्झाउछ खाटो बस्दै गएका मेरो बाउको पीडा फर्काउछ मेरी आमाले बिर्सिदै गरेको वियोगको दिन सम्झाउछ अनि कस्ले २० जुन सम्झिन सक्छ हामी कसैलाई चाहिदैन यो दिन जसलाई सम्झिदा पनि भक्कानो छुट्छ। डढेलाभरि बोकेर दमनका नीलडामहरु कसरी देखाउदै हिडौ म त्यो २० जुनमा अहं म सक्तिन त्यसलाई उत्सव जसरी मनाउन । मैले बिर्सिएका शाषकको ती कर्तुतहरु फेरि सम्झाउन नआउ बरु नियालेर हेर मेरा अनुहारहरुमा ती शरणार्थी ट्याटुहरुले कति कुरुप बनाएको छ मेरा सपना अनि म कसरी मनाउन सक्छु उत्सव जसरी । आफ्नै चिहान माथि मेला लगाएर आफ्नै निधारमा लागेको शरणार्थी ट्याटो म कसरी देखाउन सक्छु । तिमीले यो निधारलाई मनोरम हिमाल सम्झेउ या आकाशमा तस्विर कोरिरहने बादलको क्यान्भास देखेउ र भनिरहेका छौ अवलोकन गर्ने म सक्दिन आफ्नै निधार देखाउन त्यसैले चाहिदैन त्यो २० जुन । मेरो बाउलाई मेरो आमालाई या मेरा छिमेकीहरुलाई कसलाई देख्यौ चिडियाखानाका जनावर जस्ता र तम्सिएका छौ अवलोकन गर्न तिम्रो शाषकीय चेहराले सायद त्यस्तै देख्छ । मानौ हामी खोरमा थुनिएका बाख्रा कुखुरा र सुङ्गुर हौ तिमी मालिक र चुपचाप तिमीलाई अवलोकन गराउ आफ्नै घाटीमा झुण्डाइएको शरणार्थी लकेट कम्तिमा म उभिन सक्दिन त्यो लाइनमा । जब कि म आफै थुनिएर पिँजडामा म आफै कसरी अवलोकन गर्न सक्छु त्यो २० जुनलाई तिम्रो शाषकीय चश्माले त देख्ने सक्छ होला शरणार्थी अवलोकन दिवस कम्तिमा म सक्दिन । २० जुनले मेरो भाग्यको फैसला गर्न सक्दैन । यसरी अवलोकन गर्दै...

Dil Bhutani

यो २० जुनले
मेरो घाउ सम्झाउछ
खाटो बस्दै गएका मेरो बाउको पीडा फर्काउछ
मेरी आमाले बिर्सिदै गरेको वियोगको दिन सम्झाउछ
अनि कस्ले २० जुन सम्झिन सक्छ
हामी कसैलाई चाहिदैन यो दिन
जसलाई सम्झिदा पनि भक्कानो छुट्छ।

डढेलाभरि बोकेर दमनका नीलडामहरु
कसरी देखाउदै हिडौ म
त्यो २० जुनमा
अहं म सक्तिन त्यसलाई उत्सव जसरी मनाउन ।

मैले बिर्सिएका शाषकको ती कर्तुतहरु
फेरि सम्झाउन नआउ
बरु नियालेर हेर मेरा अनुहारहरुमा
ती शरणार्थी ट्याटुहरुले
कति कुरुप बनाएको छ मेरा सपना
अनि म कसरी मनाउन सक्छु
उत्सव जसरी ।

आफ्नै चिहान माथि मेला लगाएर
आफ्नै निधारमा लागेको शरणार्थी ट्याटो
म कसरी देखाउन सक्छु ।

तिमीले यो निधारलाई
मनोरम हिमाल सम्झेउ या
आकाशमा तस्विर कोरिरहने बादलको क्यान्भास देखेउ
र भनिरहेका छौ अवलोकन गर्ने
म सक्दिन आफ्नै निधार देखाउन
त्यसैले चाहिदैन त्यो २० जुन ।

मेरो बाउलाई
मेरो आमालाई
या मेरा छिमेकीहरुलाई
कसलाई देख्यौ
चिडियाखानाका जनावर जस्ता
र तम्सिएका छौ अवलोकन गर्न
तिम्रो शाषकीय चेहराले
सायद त्यस्तै देख्छ ।

मानौ हामी खोरमा थुनिएका
बाख्रा कुखुरा र सुङ्गुर हौ
तिमी मालिक
र चुपचाप तिमीलाई अवलोकन गराउ
आफ्नै घाटीमा झुण्डाइएको शरणार्थी लकेट
कम्तिमा म उभिन सक्दिन त्यो लाइनमा ।

जब कि म आफै थुनिएर पिँजडामा
म आफै कसरी अवलोकन गर्न सक्छु
त्यो २० जुनलाई
तिम्रो शाषकीय चश्माले त
देख्ने सक्छ होला शरणार्थी अवलोकन दिवस
कम्तिमा म सक्दिन ।

२० जुनले मेरो भाग्यको फैसला गर्न सक्दैन ।

यसरी
अवलोकन गर्दै
कति दिन
कति वर्ष
कति युग
कति शताब्दी
कति पुस्ता राख्ने विचार गरेका छौ
हाम्रा पखेटा काटेर ।

आकाश पोखिएर
भविष्य भिजिरहेको बेला
यो भिजेको मेरो पखेटा
कसरी अवलोकन गराउ तिमीलाई ?

दिल भूटानी
भूटानी शरणार्थी शिविर, बेलडाँगी

Leave a Reply

Archives