चाँडै फर्कि आऊन मेरो विदेश गाको दाई
तिम्रै खाँचो भाछ यहाँ मातृ भूमि लाई
डाँडा, काँडा, वन, पाखा तिमिलाई नै खोज्छन
बुढा भका बा, आमा नि तिम्रै बारे सोध्छन
संगै बसि पलौलानी नि बाख्रा, भैँसि, गाई
चाँडै फर्कि आऊन मेरो विदेश गाको दाई
लुगा, फाटो फेर्या छौ कि पुरानो नै लाछौ
थाहा छैन त्यहाँ तिमिले कस्तो खाना पाछौ
बरु हामि रमाऊँला नि आँटो ढिँडो खाई
चाँडै फर्कि आऊन मेरो विदेश गाको दाई
तिम्रै खाँचो भाछ यहाँ मातृ भुमिलाई l