पहिचान

अरुको अस्तित्वमा सह–अस्तित्व खोज्दै स्व–अस्तित्वको सन्देश दिने त्यो सप्तरंगी, सर्वप्रिय, सुगन्धित सुनाखरी बन तिमी। अझ सक्छौ भने मयुरको शोभित कल्की बनीदेउ, मनमोहक। तिमी खोजेर हेर गुराँस र पलाँसमा समसौन्दर्य, सह–अस्तित्व, अनि स्वीकारीदेउ । अझ तिमी फैलँदै जाउ हाँगाहरुमा, पातहरुमा, आफ्नो अस्तित्व अरु प्रगाढ बनाउदै। यो उपस्थिती तिम्रो, एक आधार बनोस, एक संस्कार बनोस। अनि होस...

अरुको अस्तित्वमा सहअस्तित्व खोज्दै स्वअस्तित्वको सन्देश दिने त्यो सप्तरंगी, सर्वप्रिय, सुगन्धित सुनाखरी बन तिमी।

अझ सक्छौ भने मयुरको शोभित कल्की बनीदेउ, मनमोहक।

तिमी खोजेर हेर

गुराँस पलाँसमा

समसौन्दर्य,

सहअस्तित्व,

अनि स्वीकारीदेउ

अझ तिमी फैलँदै जाउ हाँगाहरुमा, पातहरुमा,

आफ्नो अस्तित्व अरु प्रगाढ बनाउदै।

यो उपस्थिती तिम्रो,

एक आधार बनोस,

एक संस्कार बनोस।

अनि होस तिमीबाट,

अस्तित्वहरुको न्यायीक सम्बोधन।

छत्र दंगाल

अष्ट्रेलिया

Thanks

Chatra Chhetri. 

Archives