परिवेश अनि प्रश्न

ब्रह्मरन्द्रको घरर्रा तानेर ओषरूपि उद्यान्न पच्छ्याउँदा, प्रश्नहरूको अविरल वर्षा झेल्दै परिवेशको आँखिझ्यालबाट बाहिर नियाल्दा बिचित्र दृश्य अति तरलतमरूपमा छल्केकोदेखिन्छ; रित्तिएर खुम्चिनु अनि निमित्त लाग्नु पौरूष तत्ववर्गको सीमित रूपरेखा हो, जिवित रहनुको आभाष रहनु नरहनु महत्वपूर्ण ठहरिदैन जुन जीवनको आकृति जस्तो लाग्छ। आवस्यक्ता परिपुर्ति हेतु लड्नुनै यस तत्वको प्रमूख भूमिका मात्र हो, इच्छा-स्वाधीनता माथिको लापर्वाह वा...

Mr Damber Ghimirey, Poet

ब्रह्मरन्द्रको घरर्रा तानेर ओषरूपि उद्यान्न पच्छ्याउँदा, प्रश्नहरूको अविरल वर्षा झेल्दै परिवेशको आँखिझ्यालबाट
बाहिर नियाल्दा बिचित्र दृश्य अति तरलतमरूपमा छल्केकोदेखिन्छ;
रित्तिएर खुम्चिनु अनि निमित्त लाग्नु पौरूष तत्ववर्गको सीमित रूपरेखा हो,
जिवित रहनुको आभाष रहनु नरहनु महत्वपूर्ण ठहरिदैन जुन जीवनको आकृति जस्तो लाग्छ।
आवस्यक्ता परिपुर्ति हेतु लड्नुनै यस तत्वको प्रमूख भूमिका मात्र हो, इच्छा-स्वाधीनता माथिको लापर्वाह वा लचीलो पेशी हो पौरूष तत्व।
बिधिको परिपोषक या औचित्यको मूलाधार बन्नु या परिस्कारको खास्टो ओड्नु नै जिवन पर्याय मान्नु पर्ने पौरूष तत्व हो?
कर्णपटदेखि ब्रह्मरन्द्रसम्म चित्कार गुंजिए पनि बिचारको थालि पल्टाएर कृतिमताको वीजारोपण गर्नुनै यस तत्ववर्गको सर्वाधिकार बन्यो आज भोलिको परिवेश।
जल्नुसम्म जलेर होस या ढलेर होस या त विनयको जाल साँधेर होस अतः जीविकोपार्जनार्थ जुझिरहने
प्रतिमूर्ति हो जसको अब केहि दलिल चल्दैन
उसको कुनै औचित्य बाँचेको देखिन्न, जिम्मेवारीको पहाडबोकेर अथक प्रयास सहित अविरल यात्रामा अग्रज भूमिका निभाउदोछ, तै पिन उ एक्लो भएको झल्लको देखाउदैन यसअर्थ पिन होला,
आखिरकार फ़िक्का-खलित वक्यौताको खेश्रा सहितको वेरूजु जस्तो हुँदोरहेछ जसमा परिस्कृत सामाजिक प्रणालि अवलम्बन गरेकाहरूको चोसो चल्ने प्रावधान बसिसेको हो ? हेक्का छैन! सहनशिलता माथिको सोझो प्रहार हो या निर्जीव अवस्थाको सृजनात्मक निर्देशिका हो?
लाग्थ्यो, त्यो तत्ववर्ग आधारको बिम्ब हो, सहासको पर्खाल हो विसमताको क्षयविज हो रक्षक हो तर बिडम्बना हुनुपर्छ शीपसंग नाता हराउदो रहेछ बल्ल तल्ल बोधाभाष भएको अनुभूति समयचक्रसंग हुन पुग्यो।
प्रकृतिको दिशा बद्लिएर हो कि? पौरूष पारंगति माथि धावा बोल्नु परेको हो? या आवश्यक्यता भन्दा संयमताको सुनियोजित लाभ लिएको हो?
अड्कल काट्न मुस्किल पर्न थालेको छ, प्रकृतिसुचक आध्यात्मक्ता बिरोधिहो कि? पूर्विय संस्कार बाझ्य भएको हो? “पुरातन-पाखन” शैली भएको हो? या भौतिक्ताको आडम्बरले ओडन लगाएको हो?
खै! के कसरी बुझ्ने बुझाउने कस्तो कशी जुटाउन पर्ने हो विरलै थाहा नहुनुको आभाष हुन्छ।
परिमार्जित प्रकृति बिम्बहरू हो! मैले नबुझेको र अर्थ्याउन नसकेको उच्चतम समानता के हो?
जुन समाजले परिवारले वा यहाँहरूको पैदावर अशिष्ट नामन “पुरातन-पाखन” शैलीले दिएको देवित्य दर्जा कसरि बरोबरी या सरोबरी हुने हो? दूरान्तर ध्वनि डाढस दिदै प्रवचन दिन्छ:-
संकारको खडेरीले धुलो जमाएको मगजमा दशा र दिशाको आभाष नभएका मुर्धन्यबिम्ब हो! लाग्छ अब संसार हैन संकारको दिशा पछ्याउ! प्रकृति र पौरूस्यको अर्थ बुझ! संकारको डोर समाउ र आडम्बरको मोसो पखाल! पास्चात्यताको आदम र पूर्विय दर्शनको भिन्नता आफ्नो अर्धचेतन मानसपटलमा जमाइ राख! खलनदेखि रसातलसम्मको अरक्षित यात्रा ननिम्त्याउ!
अलैकिक औ प्रकल्पित प्रपंच प्रयोगशालामा लाभार्थ प्रयोग साधन नतुल्याउ, पौरूषतत्व वीज हो परस्पर परिपुरक हो अंगिकार ग़र!
शिष्टचार र अत्याधुनिक सभ्यताको नाममा खुल्ला अपरिचित काल्पनिक गगनमा उनमत्त कावा नखावो
अब त डरले मेरो मानसपटमा डेरा जमाइ सक्यो अव विपरित तत्वाधार विलुप्त हुने हो कि?
छरपष्ट विचारको बिस्कूनमा अनौठो भिन्न-भिन्न संकारका विजहरू साटिने पो हुन कि?
हे दैव! खै! विचारले युग चल्ने हो या युगसंगै विचारको बालिमा डडेलो लाग्ने हो?!

डम्बर घिमिरे
पारालावीई

Archives