लक्ष्मी प्रसाद ढकाल
आम्सटरडाम
खुलदुली सुरु भयो तीनमा मेरो जन्म हुँदा
त्रास हुन पुग्यो तिनमा मैंले बामे सर्न सिक्ता
शङ्का लाग्न थाल्यो केर्रा मैले बोल्न सिक्ता
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
इर्श्याको डडेलो लाग्यो मेरो प्रगती पच्न नसक्ता
असन्तुलित भए तिनी मेरो तर्क काट्न नसक्ता
झालझेल सुरु भयो विवेक तीनको किनारा लाग्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
सहन सकिनँ मैंले निर्दोशिमा थिचोमिचो हुँदा
मन थाम्न सकिनँ मैंले भाषा बोल्न बन्देज हुँदा
जिम्मेवारी मह्सुश गरे धर्मकर्ममा रोक्का लाग्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
धमिल्यो आखाको ज्योती तीनको सुर्य उदाउँदा
सल्लाह गर्न विवश देखिए तिनी सुर्य लोप हुँदा
निक्लियो तीतो नीति मेरो देशको माया देख्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
आतङ्कबादी भएँ म आफ्नु अधिकार खोज्दा
देशद्रोहीको शिकार भएँ म देशप्रति माया जाग्दा
समाज बिथोलेँ रे मैंले आफ्नु भाव प्रकट गर्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
हातखुट्टा बाँधी दिए मेरा इशारा र पाउ चल्न खोज्दा
कालकोठरीमा जाकिदिए परिवर्तनको सञ्चालक हुँदा
लात बज्रे क्रोधका परिवर्तनको आवाज निकाल्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा
दबिन म कती पनि तिनको याताना पाउँदा
उठाइराखेँ शीर खडा गोली ठोक्न खोज्दा
आहुती दिएँ जीवन मेरो समाज र देश रोज्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा