हे धर्म अनुयायी भक्त जन हो एउटा कुरा भन्दछु । हाम्रो संस्कृति छिन्न भिन्न भएको दुई तीन दशक गन्दछु।१।
विस्थापित जनमा अमिलो मनमा सोची थलो छोडियो। गर्नै पर्छ भनि डेटर यसमा संस्कार् तिरै मोडियो ।२।
देश त्यागी हिडनु समृद्धि छोड्नु सुगम न सोचौ यहाँ। विद्यावादि भयौं देशै हिन भयौं संस्कार छोड्छौ कहाँ।३।
लाचार भै बबुरो पसारी दुई हात मागेर खाने भयौं। गाँठो खोली दिएर भाग्य बलियो विदेश भन्दै गयौं ।४।
माग्दै गर्दा छिमेकी राष्ट्र सँग भै विदेशी दाताहरु। दिन्थे ओडन वस्त्र औषधी मुलो खाना र सामानहरु ।५।
मागेको विष भो विना सरम मैं बीस वर्ष पच्न गयो। कालोकूट फिराउने नियतले फाउण्डेसन् जन्म भयो।६।
संवत् बीस हजार दस भनिकन फाउण्डेसन् जन्म लियो। कोरी जुन् महिना थियो सब मिली नाम पुण्य भन्ने भयो।७।
विद्यादान् सबमा बलिष्ट भनिने सुकर्म भन्छन मुनी। फाउन्डेसन् बनियो विचार बटुली फर्काउन नासो भनि ।८।
भई एकट्ठा सब् जन हुन गै दयालु
सहाय गर्न मन भो कति के वयानौ।
उर्लेर आइ भुईचाल् सब लोक डरायो
भयो समस्त जनको विचलीत गरायो।९।
कम्जोर बाल तनको धनको पनि फेर
पराय आफ्नो भनिने सकिए भए ढेर।
मिलेर सज्जन मन घिसिदै अगाढ
सबै मिलेर बनियो बलियो पहाड।१०।
वर्ष सन् दुई सुन्य पन्ध्र तिर हो अगष्ट महिना थियो। विस्थापित मन मिल्ने मित्र सँग भै दान गर्ने निधो लियो ।११।
पुराण् त्री दिवसीय प्रस्तुत भयो चन्दा संगालो गरी। दुखी निम्न कमाइ सन्तति बिना तिनको निवेदन भरि ।१२।
विद्याका वस तिव्र बालक लीइ फाउन्डेसन् सम्मुख भयो। बिचैमा दुई वर्ष कोभिड आई बिना पुराणै गयो ।१३।
पालो हाम्रो भयो दयालु मनले फर्काँउ नासो सब। पग्ली त्यो हृदय कृपालु बनि लौ क्यै दान सारौं अब ।१४।
विश्राम गर्नु अघि कमाइ सजिलो गरी व्यवस्था भयो। सोचेको घर बार यान गुडिने मकान आफ्नै भयो ।१५।
भाग्य यो बलियो अगाडि उभियो दान कै गरौ कर्ममा। जन्मन्धन सँग भै पुराण सुनी लौ जोडौ सबै धर्ममा ।१६।
यस्तो दाउ छँदै वेहोसी नबनी जुटौं मिलेर यँहा । मार्ग चित्र बनाइ कोर्न इतिहास् यस्तो व्यवस्था कँहा ।१७।