
नेत्रप्रसाद आचार्य
पिट्सबर्ग, पेन्सेलभेनिया (दोरोखा, साम्ची, भूटान)
खोजीमात्र गरेर अर्थ दिनहुँ, भेट्ने गरी जिन्दगी भारीमात्र नबोक जोख दिनहुँ, बोक्ने गरी जिन्दगी खोज्छौ थाल अनेक अन्य अरूको, बाँकी रहे झैँ गरी भेट्छौमात्र फलाम छाक दिनहुँ, रोक्ने गरी जिन्दगी छाती भित्र बसेर बोल्छ सुखको, गाना सुगा नक्कले सुन्छौ मुर्ख बनेर दु:ख दिनहुँ, दुख्ने गरी हर्षले पर्दा ज्ञान अनेक मिल्छ सहजै, भन्थे परेँ खै त नी पग्ल्योमात्र जमेर भित्र दिनहुँ, बग्ने गरी जिन्दगी रात्री हुन्छ र मात्र खोल्छ सपना, पोल्ने गरी घामले ऊषा काल, सरक्क रोक्छ घरमा, चेप्ने गरी कामले सानो चोट भनेर अर्ध मनुवा, पारी तरे झैँ गरी तर्छौ पूर्ण सहेर घाउ दिनहुँ, जल्ने गरी जिन्दगी मेटी देउ उठेर भष्म गर लौ, अस्तित्वमा छन् जति इर्ष्या डाह समेत पाउ दिनहुँ, पर्ने गरी जिन्दगी जस्तै, बस्न थचक्क घाम नभले, पाउन्न केहि गरी त्यस्तै कर्म गरेर जाउ दिनहुँ, बढ्ने गरी जिन्दगी पुस्ता भिन्न बसेर सोच जगको, फेरी पुरानो पना बन्दै जाउ अनेक ज्ञान सबको, बाँढेर सद्भावना यो संसार छ सत्य जादु सरिको, सम्झे मणीका सरी पर्दा कष्ट रमेर बाँच दिनहुँ, जित्ने गरी जिन्दगी