गाउँको एउटा सानो झुप्रो घरमा ठूलो बथान
घरको बोझ नूनको सोझो अपहिे लत सन्तान ।
छोरालाई त राम्रै गर्छन् छोरीलाई चै हेला
घरमा एकिछन बस्नु हुन्न सधै जािन्छन् मेला ।
छोराप्रित कित माया पढ्न-लेख्न पठाउछन्
छोरीलाई चै हलेा गरी घाँस-दाउरा कटाउछन्।
दिनभिरको गाह्रो काम खाना पाईन्दैन
आज पिन भन्ने गछर्न् छोरी चािहदैन ।
पैसा पाउने झुट्टो आसमा पराईसँग जान्दिन्छन्
पराईलाई नै आफ्नो ठानी देवतासम्म मािन्छन् ।
तर सधै धोका हुन्छ पैसाको पिछ लाग्दा
दिउसै शरीर लुट्छन् ब्वाँसोको भोक जाग्दा ।
गाउँबाट शहर, शहरबाट कोठी
निर्दर्यीले शरीर भोग्छ धेरै कुटी-कुटी।
बोिक हि ड्छन् चेलीले एडस् रोगको भारी
सबै कुरा बिर्सिएर जीवन माया मारी ।
न त रहन्छ घर-पिरवार न त नाता गोता
यसरी नै चलेको छ चेलीको यो ब्यथा ।