त्यो झुप्रोको, बाक्लो बस्ति, आफ्ना-आफन्ता
अनि त्यो गाँउको माया किन लाग्छ
बर्सै अगि छुटेका आफन्ताको यादले किन सताउछ?
हजुबालाई घरि-धरि सपनिमा देख्छु,
किन बिपनीमा भेट्न मिल्दैन,
भुवा जस्तै हलुड मन उड़ेर घुमि रहन्छ
किहले वारि कहिले पारि गरि रहन्छ
क्षितिज पारीको त्यो माटो
किन दिलको बाँटो हुदै
मस्तिष्कमा पुगेर अमिट छाप भएर बस्छ?
अनि पथरीको यदले उस्तै किन सताउ ?
गोल्धाप पनि बेल्डागिमा मिलायो रे
टिमाई र ख़ुदुना बारी ता आपट्टे जंगल घारी भयो रे हो?
ठुल्दाई पथरी को खबर के छ?
हाम्रो स्कुलको टि-टि बोड कस्तो भयो?
एक चोटि मैले पडेको, स्कुलको ग्र्राउड हेर्न मन छ,
पैतालाको डाम देखिदैनन् रे अचकल
सम्झना छ भनिदिनु है मेरो बाटो हेर्ने बर पिंपललाई, चैतारिलाई अनि बाटो घाटो हरुलाई यी सबै-सबै लाई।
साइकल सिक्दा घरि-घरि लड्दै उठ्दै गरेको,
लडे पनि आफै उठ्न सिकेको
झत्ताको गोल खेलेको,
अभावमा रमाउन जानेको
दिन भरि सिसैऊ धारिमा बसेर पडेको अनि ति शाथी- भाईको खुब याद आउछ।
फेरि एक चोटि माथि च्यान डाडामा बसेर गाडि गन्न मन छ,
उबेला छुट्टिमा दिनभरि बसेर खुब गनिन्थ्यो।
घर फिरदा मेरा गाडि धेरै भनेर खुसी भईन्थ्यो। यस्तो खुसि फेरि कहा मिल्छ?
काल्दाईकोमा लुगा सिलाउन कति मान्छे आउछन्
अचकल
फेरि एक चोटि पेन्ट-सट सिलाउन जान मन छ
चिया पिउनु हुनछ भनेर सोद्दा,
भख्खर खाएर आको नभनि, हस् भन्न मन छ।
अनि एक चुस्की चिया,एक कप गफ गर्न मन छ।
अलिकती भएपनि त्यो मनमा मलम लगाउन मन छ।
यहाँ गाड़िको हरन बज्दा पनि त्यहा साईकलको धन्टी बजे जस्तो लाग्छ।
काममा जादा आउदा गाडिको लस्कर देख्दा, बिहानै मज्दुरि गर्न माड्लबारे हिडेका दाजु-भाईको साईकलको लस्कर जस्तौ लाग्छ।
कामलाई न निन्दा, न भोक, न रात पर्छ।
चहाड न पर्ब, साहुलाई मजदुरी मन पर्छ।
यंहा यति हो बेठिक, अरु सब ठिक छ।
अनि पथरिमा के छ ठुल्दाई?
अनी त्यहा बस्तिका गाउले दाजु-भाईहरु के गर्छन?
पथरीका लाहुरेहरु पनि घर फिरे अरे,
पथरि पनि सहर जस्तै भयों अरे हो?
ति दाउरा बेच्ने दिदीको दाउरा कस्ले किन्छ अचकल।
साच्चि ति बुडि आमा अचकल चामल माग्न आउछिन कि आउदिनन्?
एक चोटि ति आमालाई भेटेर
पोहोर पराहार देखि दिन नपाएको
चामल दिएर आउन मन छ।
फेरि एक चोटि पथरि हेर्न मन छ॥