कराउँदै छ काकली
कहाँ छ भित्र न्याँउली ।।
छ पिंजडा म भित्रको
सुगा-कथा विचित्रको।।
उठाउँदै छ धाउँदै
जगाउँदै छ भ्याउँदै ।।
सगाउँदै छ कोयली
सुगा सँगै छ काकली ।।
कहाँ घना बनादिमा
उदास बन्द ह्रासमा।
कराउँदै छ आसमा
नजा चरी निरासमा।।
पलाँस झैँ छ रोसनी
गुराँस विम्ब आगनी।
बजाउँदै छ बाँसुरी
छ देश प्रेम माधुरी।।
प्रियंवदा वतासमा
छ दौडिँदै हतासमा
छ जाल खेल तालमा
छ अस्रु यो सवालमा ।।
भानु ढुंगाना
Canada