
देवीचरण अधिकारी एडिलेड अष्ट्रेलिया
जन्मभूमि जननी हौ भूटानकी माता,
सन्ततिको दुख व्यथा यस्तै छ लौ कथा।
अब तिम्रो मुहारको होला दर्शन कहिले
काखमा बसी रमाउथे खुसी हुँदै पहिले।
दुइ हजार छयालीस असोजको महिना
भयो धेरै हलचल सुरु यसै महिना।
अंग्रेजीमा उन्नाइस उनानब्बे महा
सत्य सारा गुम्न गयो सबै जनमा।
न्याय बिहिन भयो जन अन्धकार छायो
भुटानले देश त्याग्न बाध्यता गरायो।
लाखका हाराहारी संख्या अझै धेरै
लखेटिए देशदेखि विहीन घर बार।
भुटानदेखि भारत हुँदै झापा नेपाल आइ
माईखोलाका बगरमा टहरा बनाई।
कहाली लाग्दो जीवन बन्यो बगरको बास
लहरा झैं टहरा थे त्रिपाल मुनि गाँस।
तातो बालुवा हावापानी बगरको बास
रित्ता थिए माताजीका धेरै जसो काख।
गुमे धेर परिवारका छिमेकी र साथी
धेरै कष्ट भयो बस्दा बगर बालुवामाथि।
पहिलो बास कस्ट भयो माइ खोलाको तीरमा
केही दिनपछि सुरु भयो सर्न अरु ठाउँमा ।
बेल्डाँडीमा तिन क्याम्प टिमाई गोलधाप सारी
खुदुना र शनिश्चरे धेरै वारिपारी ।
संस्था थिए हामी माँझ उद्धार गर्न भनी
यूएनएचसीआरको पहल र हेरफेर अग्र बनी ।
कारीतासको छात्रवृत्ति रेडक्रसको छायाँ
स्वास्थ्य केन्द्र आम्दा भई उपचार दिया।
समयको परिवर्तन सदुपयोग गर्दै
जिबनलाई अङ्गालेर दुःख कष्ट हर्दै ।
आठै देशमा पुनर्वासभै छरिएर गयौं
सोहि देशका नागरिक भई खुसीसाथ रह्यौ ।
धानखेत अलैंची र सुन्तलाको गाज
सम्झनाको बास्ना मीठो अझै हिजो आज ।
दागापेला जन्मभूमि टासीदीन ठाउँ
अधिकारी थर मेरो देवीचरण नाउँ ।