अनी म बौलाए 

म त्यतीबेला  बौलाए  जब मैले देखेका कलीला सपनाहरू  इस्कुसको मुन्टाझै चुड्न खोजीयो  बल्ल-तल्ल ऊक्लीन लागेको सफलताको  चुचुरो बाट धकेल्न खोजीयो मैले आफ्नै गाँस काटेर  बसालेको मेरो सानो झुपडीको  जग भत्काउन खोजीयो मुढा चिर्ने बहानामा जब मेरै बन्चरोले  मेरो घुडा खुस्काउन खोजीयो एक्लै आकाशमा ऊडीरहेको म  पीन्जडाको लोभ देखाएर  मेरो स्वतन्त्रतालाई नीमोटन खोजीयो समय संगै लम्कीरहेका ...

Prem Panday (Anupam)
Melbourne, Australia

 त्यतीबेला  बौलाए 
जब मैले देखेका कलीला सपनाहरू 
इस्कुसको मुन्टाझै चुड्न खोजीयो 
बल्ल-तल्ल ऊक्लीन लागेको सफलताको 
चुचुरो बाट धकेल्न खोजीयो
मैले आफ्नै गाँस काटेर 
बसालेको मेरो सानो झुपडीको 
जग भत्काउन खोजीयो
मुढा चिर्ने बहानामा जब मेरै बन्चरोले 
मेरो घुडा खुस्काउन खोजीयो
एक्लै आकाशमा ऊडीरहेको  
पीन्जडाको लोभ देखाएर 
मेरो स्वतन्त्रतालाई नीमोटन खोजीयो
समय संगै लम्कीरहेका 
मेरा पाईलाहरू रोक्न खोजीयो
हावाको बेगलाई छल्ने मेरा 
पखेटा ऊखेलन खोजीयो
मकै झै नंगाउन खोजीयो
मलाई च्यात खोजीयो
चुडाउन खोजीयो
चीथोरन खोजीयो
मलाई मार्न खोजीयो
तब  बौलाए 
कीनकी मलाई लाग्यो
मर्नु भन्दा बौलाउनु बेस। 
अनी  बौलाए।
Leave a Reply

Archives