भूटानी शहीदहरुप्रति

के बि चौहान (खगेन्द्र), भूटानी पूर्ब सांसद श्रद्धेय शहीदहरु हो, सबै शहीद हरुलाई । “पुण्य” रुपी घडेरीमा, स्वागत गर्छौँ सबैलाई ।। १ ।। मानवाधिकार, प्रजातन्त्र, भन्दै दियौ बलिदान । धन्य हौ हे हाम्रा शहीद, नमन गर्छु पुन: पुन:।। २ ।। अत्याचारको सीमा थे’न, बरु शहीद बनी-बनी । प्रजातन्त्र, मानवाधिकार, मिल्नेछ निश्चय भनी ।। ३ ।।...

के बि चौहान (खगेन्द्र), भूटानी पूर्ब सांसद

श्रद्धेय शहीदहरु हो, सबै शहीद हरुलाई । “पुण्य” रुपी घडेरीमा, स्वागत गर्छौँ सबैलाई ।। १ ।।
मानवाधिकार, प्रजातन्त्र, भन्दै दियौ बलिदान । धन्य हौ हे हाम्रा शहीद, नमन गर्छु पुन: पुन:।। २ ।।

अत्याचारको सीमा थे’न, बरु शहीद बनी-बनी । प्रजातन्त्र, मानवाधिकार, मिल्नेछ निश्चय भनी ।। ३ ।।
विश्वाश थियो हृदयमा, जस्तै आपद परे पनि । बरु शहीद बन्यौ कठै, सबैको खातिर भनी ।। ४।।

शहीदको सपना बिर्सी, घमण्डले अनेकता । बाटो हराएको पथिक झैँ, हामी भयौँ कत कता ।। ५ ।।
भूटान हाम्री जननी हुन्, त्यसकै निम्ति शहीदहरु । ती स्वप्नालाई साकार पार्नु, ठूलो कर्तब्य हो बरु ।।६।।

शहीद भन्छन्:-हिजोको त्यो इतिहास, वर्तमानमै प्रमाण गर । हैन भने ती भोलिले, के भन्ने छन् बिचार गर ।।७ ।।
भूटान फिर्ने नाम लेखौँ, आजैदेखि सरासर । सबै ठाउँबाट उठाउँ, शान्ति आवाज बराबर ।। ८।।

श्रद्धा हाम्रो हृदयको, सम्झी रुन्छ भित्री “मने”। खानु बाँच्नु कति दिन, हिजोको त्यो बिर्स्यौँ भने ।। ९।।
ध्न्य हौ हे “पुन्यात्मा”, धेरै “मने” बने बली, अश्रु धारा सहित हाम्रो, सच्चा छ है श्रदाञ्जलि ।। १०।।

Related Posts
Leave a Reply