परिवर्तन खोज्न खोज्दा

लक्ष्मी प्रसाद ढकाल आम्सटरडाम खुलदुली सुरु भयो तीनमा मेरो जन्म हुँदा त्रास हुन पुग्यो तिनमा मैंले बामे सर्न सिक्ता शङ्का लाग्न थाल्यो केर्‍रा मैले बोल्न सिक्ता आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा इर्श्याको डडेलो लाग्यो मेरो प्रगती पच्न नसक्ता असन्तुलित भए तिनी मेरो तर्क काट्न नसक्ता झालझेल सुरु भयो विवेक तीनको किनारा लाग्दा आँखाको...

लक्ष्मी प्रसाद ढकाल
आम्सटरडाम

खुलदुली सुरु भयो तीनमा मेरो जन्म हुँदा
त्रास हुन पुग्यो तिनमा मैंले बामे सर्न सिक्ता
शङ्का लाग्न थाल्यो केर्‍रा मैले बोल्न सिक्ता
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

इर्श्याको डडेलो लाग्यो मेरो प्रगती पच्न नसक्ता
असन्तुलित भए तिनी मेरो तर्क काट्न नसक्ता
झालझेल सुरु भयो विवेक तीनको किनारा लाग्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

सहन सकिनँ मैंले निर्दोशिमा थिचोमिचो हुँदा
मन थाम्न सकिनँ मैंले भाषा बोल्न बन्देज हुँदा
जिम्मेवारी मह्सुश गरे धर्मकर्ममा रोक्का लाग्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

धमिल्यो आखाको ज्योती तीनको सुर्य उदाउँदा
सल्लाह गर्न विवश देखिए तिनी सुर्य लोप हुँदा
निक्लियो तीतो नीति मेरो देशको माया देख्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

आतङ्कबादी भएँ म आफ्नु अधिकार खोज्दा
देशद्रोहीको शिकार भएँ म देशप्रति माया जाग्दा
समाज बिथोलेँ रे मैंले आफ्नु भाव प्रकट गर्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

हातखुट्टा बाँधी दिए मेरा इशारा र पाउ चल्न खोज्दा
कालकोठरीमा जाकिदिए परिवर्तनको सञ्चालक हुँदा
लात बज्रे क्रोधका परिवर्तनको आवाज निकाल्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

दबिन म कती पनि तिनको याताना पाउँदा
उठाइराखेँ शीर खडा गोली ठोक्न खोज्दा
आहुती दिएँ जीवन मेरो समाज र देश रोज्दा
आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा

Leave a Reply