पुण्य फाउण्डेसन: वार्षिक प्रतिवेदन २०१३

आदरणीय दाता तथा शुभ चिन्तकहरु, पुण्य फाउन्डेसनले आफ्नु वार्षिक प्रतिवेदन २०१३ यहाँहरु सम्पूर्ण शुभचिन्तक अनि दाताहरु समक्ष प्रस्तुत गर्दै छ । वार्षिक प्रतिवेदन २०१३ का लागी यहाँ क्लीक गर्नु होला । गत वर्षहरु झैँ यो वर्ष २०१३ मा पनि पुण्य फाउन्डेसनले गरिब महिला अनि युवालाई सहयोग गरेर समाज सेवामा तल्लीन भएको छ । मलाई पुण्य...

आदरणीय दाता तथा शुभ चिन्तकहरु,

Thumbnail Nepali Annual Report 2013पुण्य फाउन्डेसनले आफ्नु वार्षिक प्रतिवेदन २०१३ यहाँहरु सम्पूर्ण शुभचिन्तक अनि दाताहरु समक्ष प्रस्तुत गर्दै छ । वार्षिक प्रतिवेदन २०१३ का लागी यहाँ क्लीक गर्नु होला

गत वर्षहरु झैँ यो वर्ष २०१३ मा पनि पुण्य फाउन्डेसनले गरिब महिला अनि युवालाई सहयोग गरेर समाज सेवामा तल्लीन भएको छ । मलाई पुण्य फाउन्डेसन, जो समाज सेवाको उत्तरदाहित्व बहन गर्ने औजार भएको छ,  को वार्षिक प्रतिवेदन लिएर तपाईहरुसँग सम्बन्ध जोड्न र विशेष चन्दा दाताहरुसँग सम्पर्कमा रहन पाउँदा खुसी लागेको छ । कृपया यो प्रतिवेदनको पुनरावलोकन गरी तपाईँहरूबाट टिका-टिप्पणी, सकारात्मक सुझाव प्राप्त हुन सके हाम्रा भविष्यका कार्य योजनामा समावेश गरिने छ । यो प्रतिवेदनको मूल्याङ्कन पछि कुनै क्षेत्रमा सहभागी भई स्वयंसेवा या चन्दा सहयोग गर्ने ठाउँ भेट्नु भए तपाईँको चाहनाको समायोजन गर्न हर्षित हुने छौँ ।

पुण्य फाउन्डेसन असक्षम महिला र कमजोर भई किनारा लागेका व्यक्तिहरूलाई शिक्षा तथा अन्य कार्यक्रमद्वारा मद्दत गर्नमा विश्वास गर्दछ । तपाईँको सहयोग सङ्कलन गरेर यस्ता महिला अनि बाल-बालिकाहरुको सपना साकार पार्न प्रयास गर्ने यो संस्थाको लक्ष्य हो । यस अतिरिक्त न्याय र मानव अधिकारको स्तरीय बढोत्तरी दिन पिछडिएका व्यक्तिहरूलाई समर्पित भई व्यवसायिक तरिकाले सहयोग पुर्याउनु पर्छ । यस्तो प्रेरणा लामो समयको सङ्घर्षमा जातीय द्वन्दको अन्त्य गर्ने दूरदर्शी नेता नेल्सन मण्डेला तथा दक्षिण अफ्रिका र भारतमा मानव अधिकार, समानता र न्यायका लागि अविरल प्रयत्न गर्ने शान्तिवादी नेता महात्मा गान्धी जस्ता विख्यात नेताबाट प्राप्त भएको हो ।

फाउन्डेसनका कुनै पनि योजनाहरू दाताहरुको सहयोगबिना पुरा हुने थिएनन् । म डायस्पोरामा रहनुहुने सबै भूटानीहरुलाई निवेदन गर्न चाहन्छु कि यी गरिब व्यक्तिहरुका लागि खुला हृदयले दान गरौँ । विस्तापित भूटानीहरुमा जात, धर्म र मतभेदका सक्रिय तत्व प्रयोग गरिने कुरा स्पष्ट छ। तर स्मरण रहोस् बीस वर्ष अघि एक पन्थाई जनता विस्थापित गर्न भूटानले यही औजार प्रयोग गरेको थियो । यसैले यस्ता झिना-मसिना कुरा बिर्सिएर पुन: एक पल्ट आव्हान गर्दछु कि हामी डायस्पोरामा रहने भूटानीहरु एकीकृत भएर समाजको उत्थान प्रति लागौँ । यो बृहत् लक्ष्य प्राप्त गर्नका लागि तपाईँ हामी एउटै ठाउँमा भेला हुन आवश्यक छ ।

टिका अधिकारी
अध्यक्ष तथा संस्थापक सदस्य

 

Related Posts
Leave a Reply