Nepali Section

कराउँदै छ काकली कहाँ छ भित्र न्याँउली ।। छ पिंजडा म भित्रको सुगा-कथा विचित्रको।। उठाउँदै छ धाउँदै जगाउँदै छ भ्याउँदै ।। सगाउँदै छ कोयली सुगा सँगै छ काकली ।। कहाँ घना बनादिमा उदास बन्द ह्रासमा। कराउँदै छ आसमा नजा चरी निरासमा।। पलाँस झैँ छ रोसनी गुराँस विम्ब आगनी। बजाउँदै छ बाँसुरी छ देश प्रेम माधुरी।।...
More
वैरी शत्रु जितिन्छ आयस वाहन रत्नादि लाभै हुने पत्नी पुत्र सबै खुशी वरिपरी ति मङ्गला गर्दिने।  पार्ला आकुल रोग शोक परिक्यै आफन्तमा वैरता पैला कष्ट दिनेर अन्त्यछ शुभो ति पिंगलाको दशा। धनको बृद्धि हुनेछ मान्य सबमा ऐश्वर्यनै भोग्छन् संग्राम्माजय धातु बृद्धि धनको उत्सव खुशी पार्दछन्। घर छाडेर विदेश जानु झगडा रोगलाग्ला भंगै किता लाग्ला व्याधि...
More
म बिज हु! ऊ मलाई भन्छ की त्यो बारीको सानो पाटो मा रोपिदेऊ। अनि नियमित रूपमा मलजल गरिदेऊ । तेस पछि म समय अनुकुल जमिन बाट अडंकुरित हुदैं कोमल, सानो हरियो सुन्दरपाऊॅंला भईदिन्छु । अनि मेरो यो सानो कोमल रूप हेरेर खुशीको अनुभुति गर्नु तिमी! म सबैपरिस्थिति को सामना गर्दै एउटा सानो बोट मा परिर्माजित भएको छु । अनि म सम्झन्छु, तिमीले  म प्रति निष्ठवान भएर गरेको सतकर्म को प्रतिफल कसरी दिने भनेर । सुर्यको तेज, बादलको अविरल बर्सा, पवन को आधि तुफान यि सबै परिस्थितिको सामना गर्दै म एकमजबूत ठूलो हरियो वृक्ष भएको छु। हो म त्यै सानो डल्लो बिज। अहिले हरियो झम्मै परेकोठुलो वृक्ष भएर हजुरलाई अथाह, अभिछिन्न, अटुट, अनबृत शितलता प्रदान गर्ने “अथक प्रयासगरिरेहको छु(२) । अव म फेरि सम्झन्छु, हजुरले म प्रति लगाउनु भएको उपकारको प्रतिफल स-विस्तार समयको वेग संगै सुन्दर फूल भएर सुभास छर्दै सारा सृष्टिलाई नै सुभासमय बनाईदिन्छु। यति ले मात्रै पुगेन् कि भनेर म फेरि फूल बाट रूपात्रित हुदै फल मा परिणित भएर हजुरको भोक मेटाईदिनेछु। तर अब म सुकेर बुढो भएको छु लाग्छ, मेरो हुर्काई संग संगै हजुर पनिबूढो असक्त अशाय भएर जाडो को आभास गरिरहनु भएको होला । चिन्ता नगर्नुहोस्, अब मस्यंमलाई जलाएर हजुरूको बुढो चाऊरी परेको शरिरलाई न्यानो रापले सेकिदिने छु । कुर्सी, टेबुल, ओछ्यान र थुप्रै चिजमा परिणित भएर हजुरको भित्री बाहिरी दुबै इच्छाहरू पुरा गर्ने हर-स्मभव प्रयास गर्नेछु अनि हजुरूले भरपुर आन्नदं लिदैं एउटा सुन्दर ठुलो झम्मै परेको हरियोवृक्षको कल्पना गर्नु। र पुन: त्यही सानो डल्लो बिजको बिजारोपण गरिदिनु । हो म त्यही सानोडल्लो बिज, अहिले  म सुकेर बुढो भएको छु।(२)
More
यदि म तिमीलाई दिन मिल्ने भए उपहारमा धेरै थान सकरात्मक सोच दिनछु, आंट दिन्छु, हौसला दिन्छु, सुभकामना दिन्छु सुख, दुख भनेको ज़िन्दगीको पाटो हो, साटो गर्न मिल्दैन, आरोह, अवरोह आउन सक्छ आफुलाई सम्माल्न सिक्नु, हारिन्छ भन्ने डरले प्र्यस गर्न नछोड्नु, कोसिस गरिरहनेहरुनै हुन सफल हुने भनेका जसरी लहरे बोडिको लहराले आफ्ना हागाहरू अगि बडाई रहन्छ...
More
जन्मभूमि जननी हौ भूटानकी माता, सन्ततिको दुख व्यथा यस्तै छ लौ कथा। अब तिम्रो मुहारको होला दर्शन कहिले काखमा बसी रमाउथे खुसी हुँदै पहिले। दुइ हजार छयालीस असोजको महिना भयो धेरै हलचल सुरु यसै महिना। अंग्रेजीमा उन्नाइस उनानब्बे महा सत्य सारा गुम्न गयो सबै जनमा। न्याय बिहिन भयो जन अन्धकार छायो भुटानले देश त्याग्न बाध्यता...
More
मलाई थाहा छ हिजो राती आकाशमा झलमल्ल जुन लागी रहेको थियो ताराहरूले मलाई चियाएर तँछाड मछाड गर्दै मन्द मन्द मुस्कान छोड्दै हाँसी रहेका थिए आकाश निलो थियो घामको सुनौला किरणले हिमाल मुस्कुराईं रहेका थिए वसन्तको आगमनले पलाएका ती हरिया पलुवाहरू त्यो शीतल पवन संगै नाँची रहेका थिए बगैचामा ती चिरविरे चराहरूको सुमधुर संगीत गुन्जायमान थियो...
More