Nepali Section

यो २० जुनले मेरो घाउ सम्झाउछ खाटो बस्दै गएका मेरो बाउको पीडा फर्काउछ मेरी आमाले बिर्सिदै गरेको वियोगको दिन सम्झाउछ अनि कस्ले २० जुन सम्झिन सक्छ हामी कसैलाई चाहिदैन यो दिन जसलाई सम्झिदा पनि भक्कानो छुट्छ। डढेलाभरि बोकेर दमनका नीलडामहरु कसरी देखाउदै हिडौ म त्यो २० जुनमा अहं म सक्तिन त्यसलाई उत्सव जसरी मनाउन । मैले बिर्सिएका शाषकको ती कर्तुतहरु फेरि सम्झाउन नआउ बरु नियालेर हेर मेरा अनुहारहरुमा ती शरणार्थी ट्याटुहरुले कति कुरुप बनाएको छ मेरा सपना अनि म कसरी मनाउन सक्छु उत्सव जसरी । आफ्नै चिहान माथि मेला लगाएर आफ्नै निधारमा लागेको शरणार्थी ट्याटो म कसरी देखाउन सक्छु । तिमीले यो निधारलाई मनोरम हिमाल सम्झेउ या आकाशमा तस्विर कोरिरहने बादलको क्यान्भास देखेउ र भनिरहेका छौ अवलोकन गर्ने म सक्दिन आफ्नै निधार देखाउन त्यसैले चाहिदैन त्यो २० जुन । मेरो बाउलाई मेरो आमालाई या मेरा छिमेकीहरुलाई कसलाई देख्यौ चिडियाखानाका जनावर जस्ता र तम्सिएका छौ अवलोकन गर्न तिम्रो शाषकीय चेहराले सायद त्यस्तै देख्छ । मानौ हामी खोरमा थुनिएका बाख्रा कुखुरा र सुङ्गुर हौ तिमी मालिक र चुपचाप तिमीलाई अवलोकन गराउ आफ्नै घाटीमा झुण्डाइएको शरणार्थी लकेट कम्तिमा म उभिन सक्दिन त्यो लाइनमा । जब कि म आफै थुनिएर पिँजडामा म आफै कसरी अवलोकन गर्न सक्छु त्यो २० जुनलाई तिम्रो शाषकीय चश्माले त देख्ने सक्छ होला शरणार्थी अवलोकन दिवस कम्तिमा म सक्दिन । २० जुनले मेरो भाग्यको फैसला गर्न सक्दैन । यसरी अवलोकन गर्दै...
More
मुटुभित्र थुनी मलाई सधैँ तिम्रै बन्दी बनाउन, स्वीकार छ सबै सर्तहरु माया कहिले नछड्ने सन्धि गराउन, सिमाहरु अति प्रवन गर्दै बरु मेरो यो मनको आफुभित्र विलय गराउन, समर्पन नै भयो तिमीलाई मेरो यो हातमा आएर विजय झन्डा लहराउन
More
चाँडै फर्कि आऊन मेरो विदेश गाको दाई तिम्रै खाँचो भाछ यहाँ मातृ भूमि लाई डाँडा, काँडा, वन, पाखा तिमिलाई नै खोज्छन बुढा भका बा, आमा नि तिम्रै बारे सोध्छन संगै बसि पलौलानी नि बाख्रा, भैँसि, गाई चाँडै फर्कि आऊन मेरो विदेश गाको दाई लुगा, फाटो फेर्या छौ कि पुरानो नै लाछौ थाहा छैन त्यहाँ तिमिले...
More
कति गाह्रो असाहायको जिन्दगी । दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी । कति गाह्रो असाहायको जिन्दगी । दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी । चुडछु चुडिन्छु अनि एक गासका लागि भौतारिन्छु । असाहायको जिन्दगी । चुडछु चुडिन्छु अनि एक गासका लागि भौतारिन्छु । असाहायको जिन्दगी । कति गाह्रो असाहायको जिन्दगी ।...
More
कित सेता गाईका दुध कि सेता कागज नेत्रहिन महिला संघलाई गर्दछु स्वागत । कलमले नलेखेनी स्टाइलस्ले लेख्छु बहिरी आँखा नदेखेनी भित्री आँखा देख्छु । दइ सल्ला धुपीका दाउरा बल्छ दमदार यति भन्दै बिदा हुन्छु हस्त नमस्कार ।
More
स्वरमाथि संगीतको लय छर्दै मधूर लवाजहरूको एक चर्को प्रतिध्वनि चारैतिर गुन्जिएर मनका उद्घोषहरू निन्द्राको सागरबाट विउँतिन्छन। संझन्छु ति पुराना कथाहरू पुराना पलहरू, समकालीन यादहरू औ काल्पनिक चित्रहरू मानसपटलको बार्दलिबाट ओर्लदै मनका ग्रन्थिहरूलाई घच्घच्याउदै- ठोस्दौ बिलाउछन। आफैलाई म शुन्यताको धरातलमा बिगो पाउँछु आकाशका धमिला नक्षत्रहरू, कणहरूसंग मनको आवेगलाई प्रशस्त साइनो गाँस्न पुग्छु। पूर्वजका आँकडा र शारीरिक सकस औ कसरतका कथाहरू स्वरंकित हुँदै सूर्य किरणझैं लामबद्ध किनारा लागेर मनकै सिमामा रोकिन्छन, म बेहोशीको मुद्रामा अल्मलिन्छु कतै दिग्भ्रमित झैं त कतै अर्धचेतनको रूपमा देखा पर्छु। मनलाई अगम्य अट्टहास भएझैं तिलमिलाउछ भावनाका मोतीहरू दूई कोषबाट बर्सिन्छन कोमाको बरामी बिउँझेझैं छटपटाऊँछु बिगतका तानाहरू संझन्छु तस्वीर आँखा वरिपरी नाच्न थाल्छन- दिक्क लाग्छ समयको कटु चक्रले मसंग मितेरि लाएर हो या म बसिभूत भएर हो मलाई मनले प्रश्न तेर्स्याएर बिथोल्छ जिज्ञासाले पिरोल्छ म मलिनआभाषका किरणहरू बटुलेर माला गुथ्न चाहान्छु, मनले असफलताको दियो जलाउछ म समर्पणको भाषा बोल्छु मनले मसालको दियालो सल्काउछ संवेगले साजेदारिको जाल हान्छ मनको पोखरीमा सपनाझैं भान हुन्छ आफैलाई सम्हाने असफल चेष्टा गर्छु अर्धशिल्लिझैं म हुन्छु शुन्यताको पुल्ठो जलाएर अन्धकारको अरक्षित यात्रामा तल्लिन रहन्छु। बिसमताको खडेरिमा अन्तर्द्वन्द्वको वर्षा गराउदै म निरन्तरताको संगालो खोज्छु म एकनासले संझन्छु संगम भेटिएला म र मेरो अरक्षित यात्राको- आशा जगाउछु एकलासको बस्तिझैं सुनसान- सुनसान निस्पट्ट अन्धकारको पर्दा जस्तै मनको बादल दोखी त्रसित मुद्रामा झसकिन्छु हतासमा दगुर्छु पुरातन दृष्टान्तका तक्षण वाणहरू एक पछि अर्को गर्दै मनको बाँद तोडछन म संन्यासको बाटो रोज्छु शितलता खोज्ने धरातलको आयाम खोदल्छु आदर्शका पाना पल्टाउछु मन र विबेकको म दुई किनारामा बाँडिन्छु न म अर्थको हुन्छु न मुल्यको नै। प्राकृतिक छटासंग प्रफुल्लता सापटि मागेर केहि क्षण रमाउछु, फेरि संयम्ता अप्नाउछु दुई किनारा लागेका अभयबहरूलाई एकै आयातन भित्र समेटेर सैद्धान्तिक प्रयोग गर्छु, सिद्धान्तको आडमा सिमांकनको स्वरूप दिँदै पुरानो पानामा नयाँ रंग पोतेर नयाँ बनाउन हो या त नयाँ पानाको ढाँचा परिवर्तन हुनुपर्ने एक कोष पारि आशाको मलिन ज्वती प्रज्वलित दौडमा सरिक भएझै भान हुन्छु। विस्तारताको आघोस निम्त्याएर विधिको सिधा परिचय उल्ंघन हो या त नहुनुको आक्रोश माथि कसिलो प्रहार मात्र हो पुरानो पानामा नयाँ रंगको अर्थ, नयाँ रंगको पुरानो परिभाषा नहुनसक्छ तर पुरानो रंगको परिध अलग्गै नापन हुन्छु सायद लेखाको विविधता र भौतिक्ताको नूतन खोज संस्कृतिको परिमार्जित सिद्धान्त हुनुपर्छ मनले अपवाद डेर्याएर पन्छिन लागछ विबेक ज्वोतीको खोजीमा तल्लिन हुन्छ म अन्योलको भूमरीमा रूमलिन्छु।
More